spot_img
Saturday, September 7, 2024
Homeब्यानरबाँके जिल्लालाई तेस्रोपटक पुर्णखोप जिल्ला घोषणा

बाँके जिल्लालाई तेस्रोपटक पुर्णखोप जिल्ला घोषणा

spot_img

हाल सम्म गण्डकी,लुम्बिनी र सुदुरपश्चिम,कर्णाली,मधेश प्रदेश मात्र पुर्णखोप प्रदेश घोषणा भएको अवस्थामा बाँकेलाई २०७१ पहिलो पटक र दोस्रो पटक २०७९ तथा २०८१ असार २९ गते शनिबार तेस्रो पटक पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोपणा गरीएको छ । बाँकेका आठ पालिकामा २८९ खोप क्लिनिक र ३१७ खोप सेशनहरु संचालन गरी पुर्ण खोपको सुनिश्चिता गरीएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनःले लुम्बिनी प्रदेशमा सबै स्वास्थ्य,शिक्षा लगायतका सबै समस्या लुम्बिनी प्रदेशमा भएको हुदाँ यस्ता समस्याहरुलाई न्युनीकरणका लागि सबैको उत्तिकै भुमिका र जिम्मेवारी रहने बताउँदै भने,‘बाँकेलाई पुर्ण खोपको घोषणा गर्दै गर्दा लुम्बिनी प्रदेशमा मातृमृत्युदर बढि भएको ,शिशुमृत्युदर पनि बढि भएको अवस्थामा २१ औ शाताब्दिमा आएर खोपका लागि जनता सहभागिता गराउन नै समस्या आउनु हाम्रो स्थिति कस्तो अवस्थामा छ भन्ने कुरा देखाउँछ ,अतः अबका दिनमा स्वास्थ्य क्षेत्रको समस्यालाई न्युनीकरण गर्नका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट भुमिका र जिम्मेवारी निभाउनु पर्ने हुन्छ,’ ।यसैगरी बाँके जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर चौधरीले पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणामा स्वास्थ्य क्षेत्र लगायतका सबैको भुमिकाको प्रशंसा गर्दै भने,‘हामीले पहिलो जानकी गाउँपालिकालाई पालिका स्तरीय पुर्णखोप पालिका घोषणा गर्न सफल भएको थियौ,अनि विस्तारै जिल्लालाई नै पुर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्न सफल भएका छौ ।’कुनै पनि जनप्रतिनिधिहरुको उपस्थिति नदेख्दा समन्वय समितिका अध्यक्ष चौधरीले जनप्रतिनिधि भन्दा पनि स्वास्थ्यकर्मीहरुको योगदान उच्च भएको बताउँदै भने,‘कार्यक्रममा जनप्रतिनिधि कोही पनि उपस्थिति नभएको देखिरहेको छु त्यसलाई पनि स्वास्थ्यकर्मीहरु नै स्वास्थ्य मन्त्री हो ।’यसैगरी जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले पुर्णखोप दिगोपना सुनश्चितता घोषणा गर्नु भनेको धेरै रोगहरुबाट बच्नु भएको बताउँदै भने,‘जिल्लालाई पुर्णखोपको रुपमा घोषणा गर्दै गर्दा भविष्यका पुस्ताहरुलाई रोगबाट बचाउन सहयोग गर्नु पनि हो ,अहिले पनि खोप किन र के का लागि भन्ने प्रश्न जनसमुदायमा रहेको हुदाँ हामीले पालिका,जिल्लालाई पुर्णखोप जस्ता कार्यक्रमहरु आयोजना गर्दै अगाडि बढिरहेका छौ ।’ यसैगरी स्वास्थ्य निर्देशनालयका कार्यक्रम फोकल प्रसन कुमार रानाले भने,‘ खोप लगाउन छुटेका बच्चाहरुलाई २ वा ५ वर्षमा खोप प्रदान गरीदै आएको छ,लुम्बिनी प्रदेशमा बर्षेनी ९० हजार जन्मीने गर्छन ,जसमा हाम्रो खोप कार्यक्रमहरु नियमित रुपमा हुदै आएको छ ।’


यसैगरी भेरी अस्पताल प्रमुख नर्सिङ प्रशासन दुर्गा लक्ष्मी श्रेष्ठ विष्टले पुर्णखोप घोषणा गर्दै गर्दा निःशुल्क दिइने खोपलाई प्रदान गर्ने विषयमा अझै पनि समुदाय स्तरमा चेतनाको अभाव भएको देखिने बताउँदै भनिन,‘खोप प्रदान गर्ने विषय त्यती सजिलो छैन,चेतनाको स्तर कस्तो छ भन्ने पनि देखिन्छ,जनतालाई खोपका विषयमा चेतना जगाउन जरुरी छ यसका लागि हामीले हाम्रो नितिगत विषयमा अझै ध्यान दिनु पर्ने देखिन्छ ।’बाँकेका स्थानिय तह स्वास्थ्य साखा प्रमुखको तर्फबाट बोल्दै जानकी गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख दलबहादुर रानाले पुर्ण खोप अभियान थालिनी भएको अवस्थामा यसले निकै आरोहअवरोह पार गरेको बताउँदै भने,‘अहिले १३ ओटा खोपहरु निःशुल्क लगाउने गरीएको छ,कुनै पनि बालबालिका १३ ओटा रोग विरुद्धका खोपबाट बञ्चित हुनु हुदैन’ । कार्यक्रममा स्वमसेविकाहरुको तर्फबाट मन्तव्य दिदै नेपालगंजमा उपमहानगरपालिका स्वम सेविका प्रेमा शाहीले महिला स्वयम सेविकाहरुले दिदै आएको सेवाको तुलनामा स्वम सेविकाहरुले पाउने सेवासुविधा निकै कम भएको बताउँदै भनिन,‘स्वम सेविकाहरुको कामको कुनै समय हुदैन जतिवेला जुनसुकै अवस्थामा तैनाथ रहनु पर्ने हुन्छ तर यसको तुलनामा पाउने सेवा सुविधा खासै चित्तबुझे भएको पाइदैन,यसतर्फ सबैको ध्यान गएको देखिदैन ।’

कार्यक्रममा सबै पालिकाका स्वास्थ्य साखा प्रमुखलाई मायाको चिनो प्रदान गरीएको थियो भने खोपका क्षेत्रमा उत्कृष्ट काम गरेको उपलक्ष्यमा आठ पालिकाका एक/एक जना स्वमसेविकाहरुलाई सम्मानपत्र प्रदान गरीएको थियो ।सम्मान पत्र पाउनेहरुमा राप्ती सोनारी गाउँपालिका,महादेवपुरी स्वास्थ्य चौकीबाट रिमन्ता शर्मा,डुडुवा गाउँपालिका कम्दी स्वास्थ्यचौकीबाट खगेन्द्र शर्मा,बैजनाथ गाउँपालिका टिटिहिरिया स्वास्थ्य चौकीबाट उदय कुमार विष्ट,कोहलपुर नगरपालिका कोहलपुर नगर अस्पतालबाट उषादेवि सापकोटा,नरैनापुर गाउपालिका मटेनिया स्वास्थ्य चौकीबाट कमला ससेरा,जानकी गाउँपालिका खजुराखुर्द स्वास्थ्य चौकीबाट सावित्री देवकोटा,खजुरा गाउँपालिका उढरापु स्वास्थ्यचौकीबाट सिता थापा र नेपालगंज उपमहानगरपालिका पुरैना स्वास्थ्य चौकीबाट गोमा आचार्य सम्मानित भएको थिए ।

नेपालमा वि.स.२०६९ सालबाट पुर्णखोप अभियान कार्यक्रमको सुरुवात गरीएको हो ।यो अभियान लुम्बिनी प्रदेशबाट नै शुरु भएको हो । पुर्णखोपको अवस्थालाई चित्रण गर्दा नौ वटा खोपलाई १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पुरा गरेको हुनु पर्दछ ।बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको स्रोत अनुसार ६ लाख बाइस हजार ३ सय पैतालिस रहेको छ भने १ वर्ष मुनिको जनसँख्या दश हजार छ सय बहत्तर ,१२ देखि २३ महिनाको जनसख्या दश हजार चार सय दुई रहेको छ भने अपेक्षित गर्भवति एघारहजार बहत्तर रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here