spot_img
Thursday, September 19, 2024
Homeब्यानरबाँके कांग्रेस क्षेत्र २ को मतदान भोली हुदै , आठ जना निर्विरोध...

बाँके कांग्रेस क्षेत्र २ को मतदान भोली हुदै , आठ जना निर्विरोध निर्वाचित

spot_img

नेपाली कांग्रेस बाँके संघिय निर्वाचन क्षेत्र नम्बर २ को मतदान भोलीसम्मलाई स्थगित गरिएको छ । विहिबार विहान ९ बजेदेखि मतदान सुरु गर्ने समयतालिका थियो । तर,मतदाताहरु मतदान गर्न नपाएर फर्किएका छन् । मत हाल्न बाँके नेपालगंजको भेरी प्राविधिक शिक्षालय पुगेका मतदाता निराश भएर फर्केका छन् ।दुई समुह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका नेताहरु सामान्य कुरामा सहमत नभएपछि निर्वाचन विहिबार निर्वाचन हुन सकेन् । एक जनाले पाँच जनाको मत हाल्न पाउनु पर्ने रमेश कुमार गुप्ता प्यानलको अडानपछि निर्वाचन अनिश्चित बनेको बताइएको छ ।विरेन्द्र कुमार शाहको समुहले अशक्त,निरक्षर र अपांगता भएका मतदाताहरुको मत आवश्यकताका आधारमा हाल्ने बाहेक अरु हुन नसक्ने बताएको छ । विधानमा भएको व्यवस्थालाई टेक्दै निर्वाचन अगाडि बढाउन शाह समुहले भनेको छ । गुप्ता समुहले भने ५ जनाको मत एकै जना वा त्यो नभए २ जनासम्मको मत एक जनाले हाल्न पाउनु पर्ने अडानमै छ । यस विषयमा सहमति नहुँदा निर्वाचन समितिले भोली विहान ९ बजेदेखि मतदान गर्ने गरी विहिबार आजलाई मतदान स्थगित गरेको सुचना प्रवाह गरेपछि मतदाता घर फर्किएका छन् । कुल मत संख्या ४ सय ४८ रहेको जनाकारी प्राप्त छ ।

सहमतीको लागि प्रयास गरीदै गरेको दृश्य मतदान स्थल भित्रको दृश्य

यसैगरी क्षेत्र नम्बर २ मा आठ जना निर्विरोध निर्वाचित भएका छन । निर्विरोध निर्वाचित हुनेमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा थारु तर्फ गीता चौधरी,क्षेत्रिय सदस्य खस आर्य तर्फ त्रिलोकी गिरी,सदस्य आदिवासी रामु थापा मगर,सदस्य मधेशी तर्फ रितेश कुमार शर्मा राई,सदस्यमा कमाना थारु,कार्यसमिति दलितमा देव बहादुर सुनार ,प्रदेश–२ ख मा नर बहादुर विष्ट,त्यसैगरी महिला ३ ख तर्फ उमा ग्राण्डन निर्विरोध निर्वाचित भएका हुन ।

क्षेत्र नम्बर २ मा निर्विरोध निर्वाचित महाधिवेशन प्रतिनिधि तथा क्षेत्रिय कार्यसमिति सदस्यहरुलाई सम्मान पछिको फोटो

यसैगरी क्षेत्र नम्बर १ र ३ मा भने विहिबार नै मतदान सम्पन्न भएको छ ।क्षेत्र नम्बर १मा विहिबार विहान ९ः३० बजेबाट सुरु भएको मतदान बेलुकी ५ः३० बजेसम्म चलेको थियो । कुल ६सय ५ जना मतदाता रहेको उक्त क्षत्रेमा ६ सय १ मत खसेको छ भने मतगणना कोहलपुर स्थित शितभण्डारमा शुक्रबार गरिने भएको छ । यस्तै क्षेत्र नम्बर ३ मा पनि मतदान सम्पन्न भएर यो समचार निर्माण गर्दा सम्म मतगणना सुरु भएको मतदान अधिकृत विरेन्द्र कुमार यादवले जनाकारी दिएका छन ।सो क्षेत्रमा क्षेत्रीय सभापति नक्की खाँ,क्षेत्रीय कार्यसमिति मुस्लिम नाजमा खातुन र महाधिवेशन प्रतिनिधी युवराज शर्मा,कुवरबब्वन सिंह दलित महिलामा आशा विका बुधबार नै निर्विरोध भएको अधिकृत यादवले जनाकारी दिएका छन ।


- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here