spot_img
Wednesday, January 15, 2025
Homeब्यानरबाँके कांग्रेसको अधिवेशन दशै पछि

बाँके कांग्रेसको अधिवेशन दशै पछि

spot_img

लामो रस्साकस्सीका पछि क्रियाशिल सदस्यको विवाद समाधान भएपनि नेपाली कांग्रेस बाँकेको अधिवेशन दशैपछि हुने भएको छ । क्रियाशील सदस्यताको विवाद समयमै समाधान हुन नसक्दा कांग्रेस बाँकेको अधिवेशनमा पनि पछि सरेको हो । बाँकेसहित १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन । केन्द्रिय निर्वाचन समिति जिल्लाको वडा अधिवेशनको मिति टुंग्याउन छलफलमा रहेको काँग्रेस बाँकेले जनाएको छ । अहिले सोह्र श्राद्ध चलिरहेको र लगत्तै दशैं शुरु हुने भएकाले अब दशैंपछि नै अधिवेशन हुने सम्भावना रहेको छ ।निर्वाचन समितिले केही जिल्लाको नामावली नै प्राप्त नभएको र प्राप्त भएको ठाउँमा पनि केही व्यवस्थापकीय तयारी नपुग्ने हुँदा बाँकी रहेका जिल्लामा दशैंपछि एकैपटक वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ ।बाँकेका लागि खटिएका प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले केन्द्रिय निर्वाचन समितिले आफूलाई दशैंपछि मात्रै अधिवेशन प्रारम्भ हुने जानकारी गराएको बताए । बाँकेमा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । बाँकेमा ९ हजार ६ सय ७८ क्रियाशील सदस्य रहेको कांग्रेस बाँकेका प्रवक्ता मेघराज वलीले जानकारी गराएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.