spot_img
Sunday, September 8, 2024
Homeबजारबाँकेमा हुण्डी कारोबार गर्ने पक्राउ

बाँकेमा हुण्डी कारोबार गर्ने पक्राउ

spot_img

बाँके प्रहरीले हुण्डी कारोबारमा लगानी गर्ने तयारी अवस्थामा राखिएको चौविस लाख रुपैयासहित चार जनालाई पक्राउ गरेको छ । हुण्डी कारोबारमा संलग्न रहेको र बरामद रकम सोही पैयोजनका लागि राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ का राजेशभुजु श्रेष्ठ, वडा नं.३ का सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका वडा नं.७ का निमबहादुर बोहरा र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं.७ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ बस्ने राहुल देवल रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं। १२ स्थित ताराकुमारी केसीको घरमा भाडामा रहेको नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिसन वर्कशप नामको टीभी फ्रिज मर्मत गर्ने पसलबाट चौविस लाख ६२ हजार तीन सय १५ रुपैया, हरहिसाव राखेको कपी एक थान, सानो नोट बुक एक थान, विभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरसमेत बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here