spot_img
Wednesday, January 28, 2026
Homeकला/साहित्यबाँकेमा साहित्यकार “मधुकर”को ८७ औ जन्मदिन मनाइयो

बाँकेमा साहित्यकार “मधुकर”को ८७ औ जन्मदिन मनाइयो

spot_img

बाँकेको नेपालगंजमा शनिबार साहित्यकार प्रेम प्रकाश मल्ल “मधुकर”को ८७ औ जन्मदिन मनाइएको छ ।भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष हरी प्रसाद तिमिल्सेनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा बरिष्ठ आख्यानकार सनत रेग्मी रहेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य भेरी साहित्य समाज बाँकेका अध्यक्ष बोदराज प्याकुरेलले गरेका थिए ।यसैगरी कार्यक्रममा नेपालगंजका साहित्यकार तथा आख्यानकार सनत रेग्मी र साहित्यकार सैयद नेपालीलाई प्रेम प्रकाश मल्ल स्मृति पुरस्कारबाट सम्मानित गरीएको थियो । समितिले मल्लको ८७ औ जन्मजयन्तीको अवसरमा साहित्यकार रेग्मी तथा नेपालीलाई नगदसहित सम्मान गरेको हो ।कार्यक्रममा स्वागत मन्तव्य भेरी साहित्य समाज बाँकेका अध्यक्ष बोदराज प्याकुरेलले दिएका थिए । कार्यक्रममा बाणीश्री मल्ल,बखत बहादुर मल्ल,समितिका केन्द्रिय सल्लाहकार पुर्णलाल चुके,विष्णुलाल कुमाल,खगेन्द्र गिरी कोपिला,वरिष्ठ लेखक नरेन्द्र जंग पिटर,केन्द्रिय लेखक संघ सदस्य ऋचा लुईटेल,साहित्यकार डा.इन्द्र बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।भेरी साहित्यले विगतमा ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशीबाट सुरु गरेकोमा यस पटक ५० हजार एक सय ११ रुपैया पुगाएको हो ।यसैगरी कार्यक्रममा नेपालगंजका साहित्यकार अस्थक रसुल र कलाकार राजविक्रम चन्दलाई सम्मान गरिएको छ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here