spot_img
Friday, October 18, 2024
Homeब्यानरबाँकेमा मातृ मृत्युदरको संख्या विकराल

बाँकेमा मातृ मृत्युदरको संख्या विकराल

spot_img


बाँकेमा मातृ मृत्युदरको संख्या विकराल देखिएको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार गएको वर्षमा बाँकेमा ४७ जना आमाले ज्यान गुमाएका छन् ।

तीमध्ये बाँकेका जिल्लाका मात्रै २५ जना छन् । अन्य २२ जना आमाको मृत्यु पनि बाँकेमै भएकाले त्यो संख्या पनि स्वास्थ्य कार्यालय बाँकेमै जोडिएको पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठले जानकारी दिइन् ।

आर्थिक वर्ष ०७७÷७८ मा बाँकेको डुडुवा गाउँपालिकाका ७ जना, नरैनापुर र जानकी गाउँपालिकाका ५÷५ जना, नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकाका ३÷३ जना र खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाका १÷१ जनागरी २५ जना आमाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १६ जना आमाले मृत्युवरण गरेका छन् । समयमै अस्पताल नपुग्नु, घरमै सुत्केरी हुँदा अत्यधिक रक्तश्रावलगायतका कारणले आमाको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here