spot_img
Monday, September 16, 2024
Homeब्यानरबाँकेमा मनाईयो पहिलो पटक सामुहिक गाईजात्रा

बाँकेमा मनाईयो पहिलो पटक सामुहिक गाईजात्रा

spot_img

नेपालगञ्जमा पहिलो पटक नेवार समुदायले सामुहिक रुपमा गाईजात्रा मनाएका छन ।“भाषा संस्कृति र परम्पराको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ नेवा पुचः,बाँके र नेवाः देय्ः बाँकेको आयोजनामा नेपालगञ्जमा तामझामका साथ गाईजात्राको आयोजना गरीएको हो । नेपालगंजमा यस अघि व्यक्तिगत रुपमा घरघरबाट नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरमा पुगेर विधिवत रुपमा गाईजात्रा मनाएर संस्कार पुरा गर्ने गरिन्थ्यो भने यो वर्ष सयुक्त रुपमा गाईजात्राको आयोजना गरी मनाइएको छ ।नेवा पुचः बाँकेका अनुसार घरघरबाट व्यक्तिहरु बागेश्वरी मन्दिरमा आएर संस्कार पुरा गर्ने गरिन्थ्यो । यो वर्ष सामुहिक रुपमा गाईजात्रा मनाउन सुरु गर्दा हर्षित तुल्याएको नेवा पुचः बाँकेका पार्षद पुर्णलाल चुके बताउँनु हुन्छ ।गाई जात्रा दिवंगत आफन्तीको सम्झनामा मनाउने गरिन्छ । बाँकेको नेपालगञ्ज धम्बोझी चोक बाट झाँकी,बाजागाजा सहित सुरु भएको गाईजात्रा स्थानिय नेपालगञ्ज शहरका सेतुविक चोक,त्रिवेणीमोड,घरबारी टोल हुँदै बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कमा पुगेको थियो।जिल्लामा रहेको ६ वटा गुठीका प्रतिनिधि गाई जात्रामा सहभागि रहेको थिए ।राजा प्रताप मल्लले छोराको मृत्युपछि शोकमा रहेकी रानीलाई खुशी बनाउनका लागि गाईजात्राको शुरुवात गरेको जनविश्वास रहेको छ ।

बाँके नेपालगञ्ज उपमहानगरपालिकामा निकालिएको झाकी सहितको ¥याली
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here