इस्लाम धर्मावलम्बीहरुको महान पर्व इर्द–उल–फत्र“ईद” आज मंगलबार देश भर मनाईएको छ ।रमजानको एक महिनासम्म चल्ने रोजा (व्रत) सम्पन्न भएको खुशीयालीमा आज बाँकेमा पनि ईद पर्व मनाइएका हो ।कोरानाको कहरले गर्दा दुईवर्ष यता कुनै पनि पर्व घर भित्र मनाउने बाध्यता थियो भने यस पटक इद निकै धुमधामका साथ मनाइएको पाइएको छ ।
बाँकेको नेपालगंज स्थित विपिचोकमा रहेको इदगाह मस्जिद लगायतका मस्जिदहरुमा मुस्लिम धर्मालम्बीहरुको भिड देख्न सकिन्थ्यो ।ईदको अवसरमा ईद मुबारक भन्दै एकआर्कामा शुभकामना दिदै मनाईएको छ । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाको रुपमा पनि लिने गरिन्छ ।ईद पर्वमा इस्लाम धर्मावलम्वीहरुले इदगाहमा गएर सामुहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एक आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन ।यस अवसरमा इस्लाम धर्मावलम्बीहरुले फित्तरा,जकातका साथै सदका र हदिवया पनि निकाल्ने गर्छन ।
फित्तरा जनही एक किलो ७५० ग्राम गहुँको मुल्य बराबर निकाल्नु पर्छ भने जकात सम्पत्ति शुद्धिकरणका लागि सयकडा अढाई प्रतिशत निकाल्नु पर्छ ।यो संकलित रकम यो समुदायले विपन्न परिवार तथा मदरसा(पाठशाला)मा वितरण प्रान गरिन्छ । रोजा,नमाज,जकात,हज र फित्तरा यी पाँच आधारभुत कुरा मुसलमानहरुका लागि महन्वपुर्ण भएकाले हजबाहेकका अन्य सबै यस महिनामा प्राप्त हुने गर्छन ।रोजा पर्व एक कठिन व्रत हो । ११ वर्षदेखि माथिका सबैलाई अनिवार्य गरिए पनि विरामी,गर्भवती महिला र अशक्त मानिसलाई अनिवार्य गरिएको छैन ।
ईदको अवसरमा एकाबिहानै नयाँ लुगा लगाएर नमाज(प्रार्थना)गरेपछि जकात (आफ्नो वार्षिक आम्दानीबाट छुट्याइएको दशांस रकम)बाट दीन–दुःखीलाई लुगा,खानेकुरा दिएर घर–घरमा शुभकामना आदानप्रदान गर्दै विभिन्न परिकार खाने,खुवाउने गरिन्छ ।ईदको अवसरमा नेपाल सरकारले आज सार्वजानिक विदा समेत दिएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस