बाँकेमा फेरि कोरोना संक्रमित बढेका छन् । मंगलवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४८ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।भेरी अस्पतालमा १२८ नमुना परीक्षण गर्दा १९ जना संक्रमित थपिएका हुन् । बागेश्वरी ल्यावमा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो । आज संक्रमण पुष्टि भएकामध्येबाँकेका १४ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३८६ पुगेको छ ।
यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९७ पुगेको छ ।
00