spot_img
Monday, September 16, 2024
Homeब्यानरबाँकेमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

बाँकेमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

spot_img


बाँकेमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
बाँकेका सवै पालिकाहरुले र्याली, प्रभातफेरी, अन्तरक्रियालगायतका कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । नारी दिवसमा शहर बजारमा ठूला गोष्ठि र सेमिनार गर्नु भन्दापनि गाउँगाउँमा गएर महिलाहरुलाई निःशुल्करुपमा जनचेतना जगाउन सकियो भने उपलब्धीमुलक हुने महिला उद्यमी संघका केन्द्रीय सदस्य सरस्वती शर्माले बताइन् ।यसैगरी इस्लामी संघ नेपाल लुम्बिनी प्रदेशले राष्ट्रव्यापी महिला अधिकार अभियान अन्तर्गत मंगलबार नेपालगंज स्थित आइडल पब्लिक स्कुलमा नारी दिवसको उपलक्ष्यमा सचेतना कार्यक्रम गरेको छ भने सामुदायी प्रहरी सझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय लगायतले सुर्खेत रोडमा रहेको विपि चोकमा मैन बत्ती बालेर अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।महिला दिवसको बारेमा स्थानिय समाजसेवी उमा ग्राण्डनले सबैले महिलालाई घरबाट बाहिर निस्किन सक्ने बतावरण बताउनु पर्ने प्रतिक्रिया दिइन ।यसैगरी माइती नेपाल नेपालगंजका क्षेत्रिय प्रमुख केशव कोइरालाले नारी दिवस मनाउँदै गर्दा मानवविखनका विरुद्धमा आवाजहरु उठाउनु पर्ने प्रतिक्रिया दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here