spot_img
Thursday, September 19, 2024
Homeब्यानरबाँकेमा तरुण दलले भव्यताका साथ मनायो ६८औ स्थापना दिवस

बाँकेमा तरुण दलले भव्यताका साथ मनायो ६८औ स्थापना दिवस

spot_img

बाँके नेपाल तरुण दलले ६८औ स्थापना दिवस मनाएको छ । देशभर ६८ औ स्थापना दिवस मनाईरहेको नेपाल तरुण दलले बाँकेको नेपालगंजमा आफ्नो स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल तरुण दल बाँकेको सम्बन्ध ऐतिहासिक भएको भन्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि किशोर सिंह राठोरले तरुणदले देश भरका युवाहरुलाई समेट्दै अगाडि बढ्नु पर्ने बताए । प्रतिनिधि सभा सदस्य समेत रहेका युवा नेता राठौरले पार्टिमा एकले अर्कालाई दोष दिनुको साटो संगठनलाई मजवुत बनाउन नेपाल तरुण दल संगठित र अनुशासित संगठन भएकाले पार्टिको नीति अनुसार तरुण दल थप मजवुत बनेर लोकतन्त्रलाई नै बलियो बनाउन भुमिका खेल्न सक्नु पर्ने बताए ।नेपाल तरुण दल बाँकेले स्थापना दिवसका साथै विचार गोष्ठि कार्यक्रममा निवर्तमान संघीय सरकारका उद्योग मन्त्री गजेन्द्र बहादुर हमाल,लुम्बिनी प्रदेश सरकारका वन,वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्द बहादुर हमाल,नेपाली कांग्रेस बाँके सभापति किरण कोईराला,तरुण दलका पुर्व महासचिव हुर्मत न्यौपाने,सचिव जनमजय तिमिल्सिना,पुर्व केन्द्रिय सदस्य सुदिप नरसिंह राणा,पुर्व अध्यक्ष रविन्द्र बहादुर हमाल,नगर सभापति प्रशन्त विष्ट,नेपाली कांग्रेस क्षेत्र नं.२ का प्रदेश सभापति शिव कुमार वर्मा ,विद्यार्थी नेता पुर्ण प्रसाद आर्चाय,लगायतले सम्बोधन गरेका थिए ।स्थापना दिवसको अवसरमा तरुण दल बाँकेले जिल्ला तरुण दलका पुर्व सभापतिहरुद्धय सुदिप नरसिंह राणा र रविन्द्र बहादुर हमाललाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको छ ।


वि.स.२०५द्ध मा शहर नेपालगंजमा नभएको नेपाली कांग्रेसको महासमिति बैठकमा स्व.नेता गिरिजा प्रसाद कोइरालाले बर्तमान गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए ।स्थापना दिवसको अवसरमा आयोजित लोकतान्त्रिक आन्दोलन ,नेपाली काँग्रेस र तरुणहरुको भुमिका विषयक विचार गोष्ठि कार्यक्रममा ५० जना युवाहरुले विभिन्न पार्टी परित्याग गरी तरुण दलको सदस्यता लिएका थिए ।त्यसैगरी तरुण दल बाँकेले केन्द्रिय सदस्य किशोर सिंह राठौर ,निवर्तमान मन्त्री गजेन्द्र बहादुर हमाल र प्रदेश मन्त्री सुरेन्द्र हमाललाई मायाको चिनो प्रदान गरेको थियो । तरुणदल नगर सभापति सन्दिपजङग शाहले स्वगत मन्तव्य राख्दै तरुण दल अनुसशानित र संयमित हुनु पर्ने धारणा राखेका थिए । तरुण दलका जिल्ला अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा मनाईएको स्थापना दिवसको सहजीकरण तरुण दल जिल्ला सचिव विनोद रिजाले गरेको थिए ।


वि.स.२०१० कार्तिक १० गते स्थापना भएको नेपाली कांग्रेको भातृ संगठन नेपाल तरुण दलको नेपाल तरुण दलका संस्थापक अध्यक्ष सिंहध्वज खड्का हुन् भने प्रथम जन निर्वाचित प्रधानमन्त्री बी.पी.कोईरालालाई २०१७ सालमा तरुण दलको कार्यक्रम सम्बोधन गरिरहँदा अपदस्त गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here