spot_img
Sunday, September 8, 2024
Homeब्यानरबाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

spot_img

उपचारका लागि बाँके ल्याइएका मध्य २ जना कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दिया र कालिकोटका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।बर्दियाबाट माघ १० गते भेरी अस्पतालमा भर्ना भएका ७१ वर्षिय पुरुषको गयराती ११ः३० बजे मृत्यु भएको छ भने माघ ५ गतेबाट उपचाररत शुभकालिका ५ कालिकोटका १६ वर्षिय किशोरको आज बिहान ११ः१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले बताए।फोकलपर्शन वलीका अनुसार कालिकोटका गजेन्द्र बाहेरा बाख्रा चराउन गएका बेला भिरबाट खसेर घाइते भएको र थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि माघ ५ गतेबाट भेरी अस्पतालमा उपचार चलिरहेको थियो ।
आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका मध्य ४३९ जना कोरोना संक्रमितको मृत्यु भएको समेत वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here