spot_img
Monday, September 16, 2024
Homeबजारबाँकेको शान्ति सुरक्षा खस्कदै

बाँकेको शान्ति सुरक्षा खस्कदै

spot_img

बाँकेको शान्ति सुरक्षाको अवस्था खस्किन थालेको भन्दै नागरिकहरु चिन्तित हुन थालेका छन् । शनिवार राप्तीसोनारी ५ विनौनामा दुई युवामाथि भएको आक्रमणको घटनाले बाँकेको शान्ति सुरक्षाको अवस्था सतहमा ल्याइदिएको छ ।

हतियार प्रहारको घटनामा प्रहरीले वडा अध्यक्ष ज्ञानु वलीसहित चार जनालाई पक्राउ गरेपनि कारवाहीको दायरामा ल्याउँछ वा ल्याउँदैन आम चासोको विषय बनेको छ । यसअघि नेपालगन्जमा भएका हत्याका घटनामा प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा चैत १८ गते स्थानीय २० वर्षीय युवक अरबी खाँको विभत्स तरिकाले हत्या भयो । खाँको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या भएको करिव ५ महिना पुग्नै लाग्दा पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । घटना अनुसन्धानका लागि सिआइवीको टोली आए पनि अहिलेसम्म बाँके प्रहरी अनुसन्धानमै छ । यसका लागि वरिष्ठ प्रहरी हवल्दार अतिस खाँको नेतृत्वमा सादा पोशाकका प्रहरी परिचालन भएका छन् । तर, ति सादा पोशाकका प्रहरीले अहिलेसम्म हत्यारा नजिक पुग्न सकेका छैनन् ।

यस्तै धारिलो हतियार प्रयोग गरेर असार २८ गते राती नेपालगन्जमा अर्का युवकको हत्या भयो । नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोक नजिकै ३८ वर्षीय इरसाद राईमाथि धारिलो हतियार प्रहार गरि हत्या गरिएको एक महिना वितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । जानकी गाउँपालिका ३ ‘गाउँका एक युवकलाई लुटेराको समुहले घरमै आक्रमण गरि हत्या गर्यो । घरमा लुटपाट गर्न गएका लुटेराको समुहले ति युवकलाई धारिलो हतियारले आक्रमण गरेका थिए ।
तर प्रहरीले लुटेराको समुहलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । यी त केही प्रतिनिधिमुलक घटना मात्र हुन् । पछिल्लो समय बाँके सुरक्षाको दृष्टिकोणले अत्यन्तै असुरक्षित र जोखिम जिल्लाका रुपमा चिनिन थालेको छ ।

बाँकेका एसपी तुलबहादुर कार्कीले भने जिल्लाको शान्ति सुरक्षा सामान्य अवस्थामै रहेको दावी गर्छन् । उनले घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको र प्रहरीले अनुसन्धानलाई ब्यापक बनाएको दावी गरेका छन् ।
स्रोतः अनलाइन खोजखबर

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here