spot_img
Friday, January 31, 2025
Homeबजारबाँकेको नेपालगंजमा अशोक लेल्याण्डको इन्ट्री

बाँकेको नेपालगंजमा अशोक लेल्याण्डको इन्ट्री

spot_img

उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै भारतमा दोस्रो दर्जाको स्थान जमाउन सफल भएको अशोक लेल्याण्डका गुणस्तरयुक्त पार्टसहरुको सहज र सुपथ उपलब्धताका लागि आधिकारीक विक्रेताको नेपालगंजमा इन्ट्री भएको छ । बाँके जिल्लाको नेपालगंज भुजाइगाउँ स्थित जेके सप्लार्यसले अशोक लेल्याण्डले आफ्नो इन्ट्री भएको हो ।
शुक्रबार नेपालगंज वाणिज्यसंघका अध्यक्ष टंक धामीको प्रमुख आथित्थ्यमा सम्पन्न उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि धामीले पछिल्लो समय युवाहरुले देशमा भविष्य छैन भनेर देश छोड्दै गएको परिवेशमा जेके सप्लायर्सका संचालक चिरिञ्जीव मल्लले देशमा केही गर्न सकिन्छ भनेर आशाको दियो पालेको धन्यवाद दिदै भने ,“मान्छे विदेश गैरहेको अवस्था एवं आर्थिक संकट भएको भएको अवस्थामा युवाहरु व्यवसायीक रुपमा अग्रसर हुनु निकै राम्रो भएको ,जसले नेपालमा बसेर केही काम गर्न सकिन्छ भन्ने इच्छाका साथ अगाडी बढ्नुलाई उद्योग वाणिज्य संघ नेपालगंजले सकारात्मक रुपमा लिएको छ ।” अध्यक्ष धामीले भने,“पछिल्लो समय अशोक लेल्याण्डले उत्पादन गरेका ओर्जिनल पाटर्सहरु नपाउदा समस्या परेको अवस्थालाई मध्येनजर गरेर पश्चिम नेपालका सबै जिल्लाहरुलाई समेट्ने गरेर संचालनमा ल्याइएको जेके आटो पार्टसलाई बधाई दिन चाहान्छु र उद्योग वाणिज्यसंघबाट हुने सम्पुर्ण किसिमका सहयोगहरु युवा व्यवसायीहरुका लागि गर्न तयार छौ ।”यसैगरी जेके सप्लार्यसका संचालक युवा व्यवसायी चिरञ्जीवी मल्लले भने,“जेके सप्लायर्सका नेपालगंज संचालकले लेल्याण्डको नाममा विभिन्न डुब्लिकेट समानहरु बजारमा आउँदा समस्या परेको अवस्थालाई मध्यनजर गर्दै आफुहरुले ओर्जिनल समानहरुको पुर्ण ग्यारेण्टिका साथ प्रदान गर्ने प्रतिवद्धता गर्दछौ ।” यसैगरीअशोक लेल्याण्डका केन्द्रिय बजार व्यवस्थापक सुरज श्रेष्ठले भने,“हामीले जेके सप्लार्यस र अशोक लेल्याण्डको संयुक्त सहयोगमा हामीले अहिले नेपालगंज बाँके बर्दिया लगायतका स्थानमा आशोकलेल्याण्डका सबै प्रकारका गाडिहरुको समानहरु सुपथ मुल्यमा प्रदान गर्नका लागि स्थापना गरेका छौ ।” बजार व्यवस्थापक श्रेष्ठले भने,“अबका दिनमा नेपालगंजमा स्थापना भएको सप्लार्यसले आफ्नो पहुचका आधारमा अन्य स्थानमा समेत आफ्नो क्षेत्र बढाउन सक्नेछ , उच्च स्तरीय पार्टसहरु प्रयोग गर्दा यातायातको साधनको आयु दिर्घकालिन हुने गर्दछ,हामीले विभिन्न परिक्षणपछि मात्र आफ्ना सामानहरुको उत्पादन गर्दै बजारमा ल्याइएको हुदाँ हाम्रा उत्पादनहरु प्रयोग गर्नुको विकल्प छैन ।”
बालाजुमा केन्द्रिय कार्यालय रहेको अशोक लेलेन्डको ४५ जिल्लामा आफ्ना सप्लार्यस संचालनमा ल्याएको हुदाँ अशोकलेल्याण्डबाट उत्पादन गरीएका गाडिका पार्टसहरु भारतीय बजारमा दोस्रो स्थानमा रहेका छन भने यस कम्पनीबाट उत्पादन गरेका वसहरु नेपालमा क्रमशः सुधारउन्मुख गराउन तथा सम्पुर्ण उपभोक्तालाई सुपथ मुल्य तथा भरपर्दो समानहरु विक्री गर्नका लागि आफुहरुको तत्परता रहेको अशोक लेल्याण्डका नेपाल प्रतिनिधि मलाय साहु बताउँछन । मलायका अनुसार,“बस क्षेत्रमा नम्बर एकमा रहेको हुदाँ हामीले उत्पादन गर्ने यातायातका साधनहरुको पार्टसहरु सुपथ मुल्यका यसका उपभोक्ताहरुले पाउन सकुन भन्ने हाम्रो मुख्य उदेश्य रहेको छ ।” उद्घाटनमा वाणिज्य संघका अध्यक्ष धामीले अशोक लेल्याण्डद्धारा उत्पादन गरेको साधनहरुको अवलोकन समेत गरेको जे के सप्लार्यसका बजारप्रतिनिधि सुवोध राज बर्माले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 521