spot_img
Sunday, September 8, 2024
Homeब्यानरबाँकेको नेपालगंजबाट लागूऔषध दुई पक्राउ

बाँकेको नेपालगंजबाट लागूऔषध दुई पक्राउ

spot_img

बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।बाँके नेपालगञ्ज उप–महानगरपालीका वडा नं– १६ भन्सार कार्यालय स्थित बिहीबार दिउँसो करिब ४ बजेको समयमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी मधुसुदन न्यौपानेले बताए ।चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडि रहेका सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ६ का ४९ वर्षिय बालकृष्ण गिरीलाई शंका लागेर सोधपुछ तथा उनले बोकेको जेब्रा झोला तलासी गर्दा उनको साथबाट लागू औषध कोरेक्स १०० मि.लि.को २५ बोटल फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीले पक्राउ परेका गिरीलाई सोधपुछ गर्दा उक्त लागूऔषध सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ६ का संजय खत्रीले मेरो झोलामा राखीदिएको जिकिर गरेका थिए । त्यस पश्चात खत्रीको समेत खोजतलास गर्दा नेपालगञ्ज उपमहानगरपालिका २ न्यूरोड स्थित बाँके प्रहरीले फेला पारेको बुझिएको छ । उनलाई चेकजाँच गर्दा साथमा खुल्ला अवस्थामा रहेको ३५ ट्याबलेट नाईट्रोजेपाम जस्तो ट्याबलेट समेत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान एवं कारबाहीको अघि बढाईएको सूचना अधिकारी न्यौपानेले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here