spot_img
Monday, September 16, 2024
Homeब्यानरबाँकेका ५१ विद्यालय शैक्षिक सुधार कार्यक्रममा छनौट

बाँकेका ५१ विद्यालय शैक्षिक सुधार कार्यक्रममा छनौट

spot_img


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाँकेका ५१ वटा विद्यालय छनोटमा परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका ८, नरैनापुर गाउँपालिकाका ४, कोहलपुर नगरपालिकाका ९ वटा, खजुरा गाउँपालिकाका ७ वटा, जानकी गाउँपालिकाका ३ वटा, डुडुवा गाउँपालिकाका ४ वटा, राप्तीसोनारी गाउँपालिकाका १० वटा, बैजनाथ गाउँपालिकाका ६ वटा विद्यालय सिफारिसमा परेका हुन् ।

शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे, दुईकोठे भवन तथा विद्यालयमा आईसिटी व्यवस्थापनका लागि बजेट हुने गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी उद्धव श्रेष्ठका अनुसार बाँकेका ८ स्थानीय तहबाट १ सय ४५ विद्यालयलाई सिफारिस गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार, बाकेको नेपालगञ्ज उपमहानगरपालिकाका २३, बैजनाथ गाउँपालिकाका २०, कोहलपुर नगरपालिकाका १५, खजुरा गाउँपालिकाका २९, जानकी गाउँपालिकाका ४, डुडुवा गाउँपालिकाका ६, राप्तीसोनारी गाउँपालिकाका ३४ र नरैनापुर गाउँपालिकाका १४ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सिफारिस गरिएको थियो ।

बाँकेका २३ वटा विद्यालयले ४ कोठे भवनका लागि ३६ लाखका दरले, २० वटा विद्यालयले ६ लाख ५० हजारका दरले, ७ वटा विद्यालयले १८ लाखका दरले, एउटा विद्यालयले ५२ लाख रुपैयाँ प्राप्त गर्ने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विवरणमा उल्लेख रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here