spot_img
Saturday, September 21, 2024
Homeब्यानरबाँकेका नेता तथा उम्मेदवारहरु असुरक्षीत बन्दै

बाँकेका नेता तथा उम्मेदवारहरु असुरक्षीत बन्दै

spot_img

स्थानिय निर्वाचन नजिकै गर्दा बाँके जिल्लामा उम्मेदवार देखि नेताहरुमाथि पछिल्लो समय नेता तथा उम्मेदवरहरुको आक्रममणको प्रयासलाई हेर्दा उम्मेदवार तथा नेताहरु सुरक्षित नभएको महसुस गरीएको छ । बुधबार बाँके राप्ती सोनारी गाउँपालिकाका नेपाली कांग्रेस अध्यक्षका उम्मेदवार कान्छा थारुमाथि आक्रमणको प्रयास भएको छ ।कान्छा थारुलाई नेकपा(माओवादी केन्द्र)का तर्फबाट वडा अध्यक्षका उम्मेदवार मिनराज खड्का “सन्तोष”सहितका कार्यकर्ताहरुले गएराती कान्छाको घरमै पुगेर आक्रमणको प्रयास गरेको भन्ने बुझ्न आएको छ ।यसैगरी केही दिन पहिला राप्ती सोनारी गाउँपालिका क्षेत्र नं.१ का सभापति पोषण केसीलाई समेत आक्रमणको प्रयास भएको थियो ।सभापति केसीलाई आफ्नै कार्याकर्ताले टिकट वितरणको विषयलाई लिएर आक्रमणको प्रयास भएको भन्ने जानकारी प्राप्त भएको थियो ।यसैगरी नेपालगंज बाँकेका माननिय मैकुलाल बाल्मिकिलाई समेत आक्रमणको प्रयास भएको थियो । यसरी हेर्दा अहिले बाँकेमा नेताहरु नै सुरक्षित नभएको महसुस भैरहेको स्थानिय नेताहरु बताउँछन ।यसरी निर्वाचनको मुखमा आचारसंहिता विपरीत नेताहरु माथि आक्रमण हुनुले बाँकेको सुरक्षा संयन्त्र माथि नै प्रश्न चिन्ह खडा भएको देखिन्छ ।यसरी माथि उल्लेखित घटनाहरु बाहिर आएका घटनाहरु हुन भने बाहिर नआएका घटनाहरु अन्य हुन सक्ने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here