spot_img
Thursday, September 19, 2024
Homeब्यानरबाँकेका चार पालिकामा सर्वसम्मत, चार वटामा भोली विहिबार निर्वाचन

बाँकेका चार पालिकामा सर्वसम्मत, चार वटामा भोली विहिबार निर्वाचन

spot_img

बाँके जिल्लाका आठ पालिका मध्ये चार वटा पालिकामा नेपाली कांग्रेसले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । नरैनापुर, खजुरा, डुडुवा र जानकीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । यी चार पालिका पूरै कार्यसमिति निर्विरोध भएको छ ।नरैनापुर सभापतिमा मेराज अहमद खाँ, खजुरा सभापतिमा रमेश सिजाली, जानकीको सभापतिमा जयराम यादव र डुडुवामा विजय कुमार यादव सर्वसम्मत भएका छन् । नरैनापुरका खाँ डुडुवाका यादव पार्टीभित्र संस्थापन इतर पक्षका हुन् भने खजुराका सिजाली र जानकीका यादव संस्थापनका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा भने कतै त्रिपक्षीय त कति द्विपक्षीय प्रतिष्पर्धा हुने भएको छ । नेपालगन्जमा त्रिपक्षीय भिडन्त हुने भएको छ । प्रशान्त विष्ट, उमा थापा मगर र विनोद रिजाल सभापतिको प्रतिष्पर्धामा छन् । तीनै जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । थापा मगर संस्थापन इतरकी हुन् भने विष्ट र रिजाल संस्थापनका हुन् । कोहलपुर नगरपालिकामा पनि संस्थापन र संस्थापन इतरको लडाइँ छ । विरेन्द्र शाह संस्थापन र राजेन्द्र श्रेष्ठ संस्थापन समूहको नेतृत्व गरेका छन् । दुबैले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।राप्तीसोनारीमा पनि दुई पक्षवीच प्रतिष्पर्धा छ । भिम बहादुर राना क्षेत्री र तुलाराम खत्री नेतृत्वका दुई प्यानल प्रतिष्पर्धामा छन् । राना संस्थापन र खत्री इतर समूहका हुन् । राना अहिलेका पालिका सभापति र खत्री सचिव हुन् । बैजनाथमा त्रिपक्षीय भिडन्त छ । त्यहाँ तीनै संस्थापन समूहका उम्मेदवार छन् । देव बहादुर खत्री, रामबहादुर विष्ट र केशर खड्का सभापतिका उम्मेदवार छन् ।बाँकेका आठ वटै पालिकामा आज उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । सर्वसम्मत हुन नसकेका पालिकामा भोली विहिवार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here