बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२को आर्थिक सहयोग र बहेलिया चिडिमार विकास समाजको आयोनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्ग बागेश्वरी आधारभुत विद्यालय ,बेलासपुरका १०० विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गएिको छ ।
शैक्षिक वर्षको सुरुवातसँगै आर्थिक स्तरमा विपन्न रहेका विद्यार्थीहरुको अध्ययनमा थप प्रेरणा मिलोस भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको बहेलिया चिडिमार विकास समाजका सचिव सुकराम ठाकुरले जानकारी दिए । वितरण गरिएका सामग्रीमा कपी,पेन्सिल ,इरेजर लगायतका आवश्यक शैक्षिक सामाग्रीहरु समावेश थिए ।

कार्यक्रममा बहेलिया चिडीमार विकास समाजका अध्यक्ष रामु चिडिमार ,सचिव सुकराम ठाकुर ,कोषाध्यक्ष हौसीलाल चिडिमार एवं नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का वडा सदस्य राजकुमार बाल्मिकी,चन्दा चिडीमार ,विद्यालयका प्रधानध्यापक सन्तोष शर्मा,पुर्व प्रधानाध्यापक सरिता खड्का लगायतको उपस्थिति रहेको थियो ।वडा सदस्य बाल्मिकीले स्थानिय तहमा यस्ता प्रकारका कार्याक्रमहरुलाई सहयोग गर्दै आएको र बालबालिकाको शिक्षा पाउने नैर्सगिक अधिकार भएको बताए । यसैगरी समाजका अध्यक्ष चिडिमारले कार्यक्रम मार्फत समुदाय र विद्यालयबीचको सहकार्यलाई राम्रो बनाउँदै शैक्षिक क्षेत्रलाई टेवा पुगाउने उदेश्यक रहेको बताए । समाजका अध्यक्ष चिडिमारले स्थानीय तहको सहयोगमा आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिने बताए ।












