spot_img
Friday, October 18, 2024
Homeब्यानरबसुदेवपुरमा आम भेला

बसुदेवपुरमा आम भेला

spot_img

स्वास्थ्य संस्थाको सामाजिक परिक्षण कार्यक्रम अन्तरगत बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ बसुदेवपुर स्वास्थ्य चौकीको आम भेला सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा भएको आम भेलाका सहभागिहरुले वडाको समग्र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । आम भेलामा उठेका सवालहरुका बिषयमा जवाफ दिदै स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष एबम् वडा अध्यक्ष परशराम कुर्मीले स्वास्थ्य चौकी भवन निर्माण तथा स्वास्थ्य गुणस्तर सुधारकालागि आवश्यक पहल गर्ने प्रतिबद्वता गरेका थिए ।
सामाजिक परीक्षणको क्रममा स्थलगत अवलोकन, स्वास्थ्य चौकी ब्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीसँगको बैठक र समुह केन्द्रित छलफलबाट आएका तथ्यहरु सहितको प्रतिवेदन सामाजिक परीक्षक शोभा थापा मगरले प्रस्तुत गरेकी थिईन् । भने स्वास्थ्य चौकीको तथ्यांकगत प्रतिवेदन स्वास्थ्य चौकी इन्चार्ज केशबराज गौतमले प्रस्तुत गरेका थिए । स्वास्थ्य ब्यवस्थापन समिति पदाधिकारी, कर्मचारी तथा स्थानीय गरी आम भेलामा ५० जना को सहभागिता रहेको बास नेपालका सुचना अधिकारी हेमराज भट्टले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here