spot_img
Thursday, September 19, 2024
Homeब्यानरबदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग

बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग

spot_img

डुडवा गाउँपालिका अन्र्तगत एक शिक्षकले गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीलाई बदनाम गर्न खोजिएको घटना गलत तथा भ्रामक प्रचारवाजी गरिएको पाइएको छ । मिति २०७९ जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले श्री आधारभुत विद्यालय डुडुवा–१ चौफेरीका शिक्षक भुपेन्द्र रेग्मीलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ज्यान मार्नेसम्मको दिएको अभिव्यक्ती भन्दै उल्लेख गरी प्रकाशित विज्ञप्तीप्रति अध्यक्ष चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । अध्यक्ष चौधरीले आज एक विज्ञप्ती निकालेर गाउँपालिकालाई नै बदनाम गर्ने गरि गलत प्रचारवाजीको गर्ने संगठन तथा व्यक्तीका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गरेका छन ।
“मलाई निज शिक्षक रेग्मीले आफै पटक पटक राजनितिक विषयलाई लिएर वादविवाद गर्न खोजेको तर मैले सो विषयमा कुनै वास्ता नगरि निज शिक्षक रेग्मी विद्यालयको समयमा प्रायः बाहिर रहेर राजनितिक गतिबिधीमा सक्रिय देखिएपछि मिति २०७९ जेठ १८ गतेका दिन विद्यालयको समयमा भएको भेटका क्रममा रेग्मीलाई तपाई विद्यालयको समयमा अन्यत्र स्थानमा जाने राजनिति गर्ने या राम्रो कुरा होईन र विद्यालयको समयमा उपस्थित भई अध्यापनमा विशेष ध्यान दिने कुरा मात्र गरेको तर उक्त कुरालाई तोडमोड गरी मेरो अध्यक्ष पदको गरिमामाथी समेत खिल्ली उडाएर व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको शब्द प्रयोग गरि प्रकाशित विज्ञप्तीप्रति घोर आपत्ती छ । ” विज्ञप्तीमा भनिएको छ ।
गाउँपालिका अन्र्तगत कार्यरत अरु शिक्षकहरुलाई आफुले केही नभनी रेग्मीलाई मात्रै किन भन्ने र आफुसंग व्यक्तीगत केही कुरा गर्नुपर्ने भएमा जहिले पनि संवाद गर्न सकिने र गाउँपालिकाका सम्पुर्ण शिक्षकहरुलाई विशेष गरि विद्यालयको समयमा इमान्दारितापुर्वक आफनो पठन पाठनको कार्यमा जिम्मेवारी वहन गर्न अनुरोध गर्दै गाउँपालिकालाई नै बदनाम हुने गरि गरिने यस्ता क्रियाकलापले ठुलो आँच आउने ठहर गर्दै संगठनले गलत, अपुष्ट, तथा एकोहोरो रुपमा अरुलाई तिरस्कृत र मानहानी गर्ने किसिमको कुरा बाहिर आएको घटनालाई स्थानीय प्रशासनसंग आवश्यक छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ ।
शिक्षक रेग्मीसंग गाउँपालिका अध्यक्ष चौधरीको कुनै पनि वाद विवाद नरहेको स्पष्ट पार्दै अध्यक्ष चौधरीले आफनो काम कर्तव्य र जिम्मेवारीमा लाग्न आग्रह गर्दै गाउँपालिकाका सम्पुर्ण शिक्षकहरुलाई नियम कानूनभित्र रही आफनो कार्यसम्पादन गर्न विज्ञप्तीमार्फत निर्देशन दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here