spot_img
Monday, September 16, 2024
Homeब्यानरबढैयातालको मानव अधिकार कार्ययोजना कार्यन्वयन बारे छलफल

बढैयातालको मानव अधिकार कार्ययोजना कार्यन्वयन बारे छलफल

spot_img

बर्दियाको बढैयाताल गाउँपालिकाले मानव अधिकारको नितिलाई कार्यन्वयन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले मानव अधिकार नितीलाई कार्यन्वयन गर्न तीन वर्षिय कार्ययोजना निमार्ण गरेको छ । निमार्ण गरिएको कार्ययोजना अनुरुप पालिकाले मानव अधिकारसंग जोडिएका विभिन्न सवालहरुलाई कार्यन्वयन गर्ने उपाध्यक्ष दिपकुमारी गौतमले बताउनुभयो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोग तयार पारिएको निति तथा कार्ययोजनालाई कार्यन्वयनमा ल्याइएको हो । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यलय प्रमुख झंकरबहादुर रावलले तयार गर्नुभएको कार्ययोजनालाई आज बुधबार सरोकारवाला व्यक्तीहरुविच छलफल गरिएको छ ।
कार्यक्रममा सहभागिले कार्ययोजनाबारे आ–आफ्नो विचार व्यक्त गर्दै स्थानीय स्तरमा उत्पन्न मानव अधिकार अन्र्तगत सवाललाई बढी मात्रामा प्राथमिकता दिनुपर्नेमा जोड दिदै यो यो नितीलाई प्रभावकारी कार्यन्वयन गर्न सुभाव दिएका थिए । कार्ययोजना अनुसार पालिकास्तरमा मानव अधिकारको अवस्थाबारे अध्ययन, अनुसन्धान तथा अनुगमन गर्ने, मानव अधिकारका घटना अभिलेखीकरण गर्ने, न्यायिक समितिमा आएका मानव अधिकारका घटनाबारे न्यायिक निरुपण गर्ने, मावन अधिकार संरक्षण समितिलाई प्रभावकारी रुपमा परिचालन गर्ने लगायत अधिकांस कार्यहरु समाबेश गरिएको छ । कार्यक्रममा उपाध्यक्ष दिपाकुमार गौतम, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, मानव अधिकार संरक्षण समितिका संयोजक विरबहादुर थारु, स्थानीय अगुवा हरिबहादुर घर्ति लगायतले कार्ययोजनाका बारेमा आ आफ्नो सुझाव दिनुभएको थियो । मानव अधिकार संरक्षण समितिका सदस्य दलबहादुर सुनारले संचालन गर्नुभएको कार्यक्रममा आयोगका नेपालगन्ज प्रमुख झंकर रावलले कार्ययोजनाको प्रस्तुतीकरण गर्नुभएको थियो । छलफलमा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम संयोजक टेकनाथ आचार्य लगायतले बोल्नु भएको थियो । संस्थाले बढैयाताल गाउँपालिकालाई मानव अधिकार मैत्री बनाउनका लागि विगत दुई वर्षदेखि मानव अधिकारसम्वन्धी विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको छ भने मानव अधिकार निती निमार्ण र मानव अधिकार संरक्षण समिति समेत गठन भई कार्यन्वयनमा आएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here