spot_img
Thursday, September 19, 2024
Homeबजारबजारमा सिप्रदीको ‘पञ्च’,रुद्रप्रियाले गर्यो लञ्ज

बजारमा सिप्रदीको ‘पञ्च’,रुद्रप्रियाले गर्यो लञ्ज

spot_img

वातावरण प्रदुषण हुदै गएको अवस्थामा लामो समय देखि विद्युतिय गाडीहरु सप्लाई गर्दै आएको सिप्रदी कम्पनीले विद्युतीय गाडी ‘पञ्च’ विद्युतीय गाडीको सुरुवात गरेको छ । बाँके जिल्लामा आधिकारीक विद्युतिय गाडीको एकमात्रै विक्रेता रुद्रप्रिया अन्तराष्ट्रिय कम्पनीले आइतबार एक कार्यक्रम गरी सुरुवात गरेका हो । नेपालगंजमा उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण मैत्री रहेको विद्युतीय गाडी सबैको रोजाईमा पर्नु पर्ने बताउँदै भने,‘अहिले परिस्थितीलाई हेर्दा डिजल र पेट्रोलबाट चल्ने साधनहरु ह्टाउने अवस्थामा विद्युतीय साधनहरु वातावरणमैत्री हुने हुदाँ यसको अत्याधिक प्रयोगका लागि सल्लाह दिन चाहान्छु,यसले राष्ट्रीय आर्थिक पक्षमा समेत सहयोग गर्ने हुन्छ,’ ।प्रमुख विष्टले भने,‘राष्ट्रको आर्थिक घाटा भनेको आयात हो,यदी हामी सबैले विद्युतीय साधन प्रयोग गर्यो भने यसले हाम्रो व्यक्तिगत आर्थिक भार समेत कम गर्ने र राष्ट्रले आयात गर्ने पेट्रोलीयम पदार्थ समेत कम हुने हुन्छ जुन निकै राम्रो हो ।’

यसैगरी सिप्रदी कम्पनीका केन्द्रिय साखाका व्यवसायीक प्रबन्धक सामन्तसिंह सिजापतीले सिप्रदीबाट बिक्री भएका विद्युत गाडीहरुमा चार्च छुट गर्ने बताउँदै भने,‘हामीले आजका मितिबाट हाम्रो कम्पनीबाट विक्री भएका जती पनि विद्युतीय गाडीहरु रहेका छन तीनीहरुलाई आठ वर्ष सम्म हाम्रो चार्जिङ सेन्टरमा चार्ज गर्दा कुनै शुल्क लाग्ने छैन,’ ।यसैगरी प्रबन्धक निर्देशक सिजापतीले भने,‘आजको दिनमा हामीले नयाँ नयाँ स्थानमा चार्जर सेन्टर बनाउने तयारीमा छौ,आठ वर्षको लागि हाम्रो कम्पनीबाट बिक्री भएका पञ्च गाडी हुन अथवा ट्यागो कुनै पनि गाडीमा हाम्रो चार्जिङ सेन्टरबाट चार्ज गरेमा कुनै पनि शुल्क लाग्ने छैन ।’यसैगरी नयाँ लञ्च भएको पञ्च गाडीका बारेमा बताउँदै सिप्रदीका मेघराज ढुंगेलले भने,‘पञ्च सबैका लागि हामी नेपालीका लागि एवं नेपालको बाटो सुहाउँदो रहेको छ ,धेरै आर्थिक भार नपर्ने गरी भविष्यमा आलोचना गर्न नपर्ने गरी विशेषताहरु रहेका छन ’ । यसैगरी विद्युतीय गाडी प्रयोग कर्ताको तर्फबाट बोल्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँके राजनितिशास्त्र प्रमुख रुद्र प्रसाद तिमिल्सेनाले विद्युतीय गाडीको प्रयोगबाट आफु सन्तुष्ट रहेको बताउँदै भने,‘मैले ट्यागो भन्ने गाडी किनेको हो,धेरै त भएको छैन तर म सन्तुष्ट छु,थोरै खर्चमा धेरै सुविधाहरु लिन पाइएको छ,सल्लाह पनि मेरो हो कि विद्युतीय गाडी लिदाँ सर्भिस चार्ज शुल्य बराबार हामीले खाने दुई कप कफिको रकम बराबर हुन आउँछ ।’यसैगरी बाँके नेपालगंज राझा स्थित विद्युतीय गाडीका आधिकारीक विक्रेता रुद्रप्रिया अन्तराष्ट्रियका प्रमुख माधव प्रसाद शर्माले पछिल्ला समय विद्युतीय गाडीको माग बढ्दै गएको बताउँदै भने,‘ग्राहकहरुको आवश्यकतालाई बुझेर नै ट्यागो पछि हामीले पञ्च गाडी लञ्च गरेको हो,सस्तो र भरपर्दो भएको हुदाँ अझै गाडी किनेर सुविधा लिइरहनु भएकाहरु असन्तुष्ट बनेको अवस्था छैन ।’ लञ्चिङ कार्यक्रममा विद्युतीय गाडी प्रयोगकर्ता लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here