spot_img
Sunday, September 8, 2024
Homeबजारफियान परियोजना मुल्याङकन,खाद्य अधिकारको विषय महत्वपुर्ण बन्दै

फियान परियोजना मुल्याङकन,खाद्य अधिकारको विषय महत्वपुर्ण बन्दै

spot_img

पछिल्लो समय खाद्य अधिकारको विषय फराकिलोसँगै महत्व समेत बन्दै आएको सरोकारवालाहरुले बताएका छन । बुधबार बाँकेको नेपालगंजमा आयोजना गरीएको परियोजना मुल्याङकन बैठकमा उपस्थित भएका सहभागिहरुले खाद्य अधिकारको विषय गम्भिरसँगै महत्वपुर्ण समेत रहेको बताएका थिए ।नेपालको संविधानमा समेत खाद्य अधिकारको विषय समेटिएको भन्दै यसले पछिल्लो समय खानु वा पेट भर्नु मात्रै खाद्य अधिकार सुरक्षाको विषय नभएर गुणस्तरीय खाना खान पाउनु पर्ने विषय समेत रहेको बताए ।
बाँकेमा विगत लामो समय देखि खाद्य अधिकारका विषयमा काम गर्दै आएको फियान नेपालको परियोजना मुल्याङकनमा सहभागीहरुले संविधानमा नै खाद्य अधिकारको विषय समावेश गरीनुलाई फियानको उपलब्धीका रुपमा लिनु पर्ने बताएका हुन ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै लुम्बिनी प्रदेश फियान नेपालका संयोजक सुरेश कुमार गौतमले पछिल्लो समय फियानले विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको समन्व्यमा खाद्य अधिकारका विषयमा क्रियाकलाप गर्दै आएको बताए । फियान नेपाल संयोजक गौतमले भने,‘हामीले केही वर्ष देखि खाद्य अधिकार संजाल मार्फत नै खाद्य अधिकार हननका मुद्धाहरु उठान गर्दै आएका छौ यसमा बाँकेका सबै सरोकारवाला निकाय तथा संघसंस्थाहरुको साथ सहयोग रहदै आएको छ ।’

फियान नेपालका वित्त तथा प्रशासकिय प्रमुख विनोद प्रसाद पाण्डेले फियान अन्तराष्ट्रिय संस्था भएको हुदाँ हामीहरुको समेत समान जिम्मेवारी भएको हुदाँ जतीपनि खाद्य अधिकार संरक्षणका लागि भएका गतिविधिहरुका हामी सबैको पहलमा भएको हो भन्न सकिने बताए । प्रशासकिय प्रमुख पाण्डेले भने,‘हाम्रा जतीपनि योजना,क्रियाकलापहरु उत्पादन र श्रमसँग सम्बन्धि हुनु पर्दछ जसले खाद्य अधिकार संरक्षणको विषय कार्यान्वयनमा सहज हुन सक्छ ।’

समाज कल्याण परिषदका सिंहबहादुर खड्काको उपस्थितीमा भएको कार्यक्रममा खाद्य अधिकार संजाल बाँकेका अध्यक्ष घनश्याम आर्चायले संजालले गरेका क्रियाकलापका विषयमा कुरा गर्दै खाद्य अधिकार संरक्षणको विषयमा फियानको साथसहयोग हुदै गर्दा खाद्य अधिकार भन्ने विषय पनि छ र भनेर प्रश्न आउने गरेको अवस्थामा अहिले आएर संविधानमा खाद्य अधिकारको विषय समावेश हुनुलाई ठुलो उपलब्धीको विषय भएको बताउँदै भने,‘संविधानमा खाद्यअधिकारको विषय समावेश हुदै गर्दा बाँकेमा विभिन्न खाद्य अधिकार हननका विभिन्न मुद्धाहरु रहेका छन त्यसलाई हामीहरुले स्थानिय सरकारलाई अवगत गराउने काम गर्दैैै आएका छौ ।’संजालका अध्यक्ष आर्चायले समाजमा रहेका साझा सवालहरुको पहिचान तथा सिमान्कृत समुदाय देखि लिएर आर्थिक विपन्न भएका समुदायमा समेत फियानको सहयोगमा खाद्य अधिकारका विषयहरुमा काम गर्दै आएको बताए ।यसैगरी उच्च अदालतबार एशोसियसनका अध्यक्ष चित्र बहादुर शाहीले खाद्यअधिकारको विषय आवश्यक भएको हुदाँ यसमा राज्यको निकाय खाद्यअधिकारका विषयमा संवेदनशिल तथा गम्भिर बन्नु पर्ने बताउँदै भने,‘खाद्य अधिकार गुणस्तरीय उत्पादनसँगै गुणस्तरीय खाना खान पाउनु पर्ने हो तर यस्तो हुन सकेको पाइदैन,यसमा राज्यका निकाय गम्भिर हुन जरुरी छ ।’
यसैगरी उपभोक्ता हित संरक्षणका प्रभात सिंह ठकुरीले फियानले विभिन्न लुज फोरमहरु विस्तार गर्दै गर्दा एउटा दबाव समुहको निर्माण गर्न सफल भएको बताउँदै,‘खाद्य अधिकार संजाल जस्ता फोरमहरु मार्फत खाद्यअधिकार हनन भएमा दबाव सृजना गरेर भएता पनि खाद्य अधिकार संरक्षण गर्न सक्ने देखिन्छ ,बाँकेमा फियानको सहयोग तथा खाद्य अधिकार संजालको समन्वय विभिन्न क्रियाकलापहरु सहज रुपमा गर्न सकिएको छ ।’
यसैगरी ईन्सेक लुम्बिनी प्रदेशका भोला महतले खाद्य अधिकार संजालले स्थानिय तहबाटै काम गर्दै आएको भएता पनि स्थानियहरु खाद्य अधिकारका विषय होस अथवा अन्य कुनै विषयका निति नियम तथा कार्यविधिहरु बनाएर अगाडि बढ्न नचाहिरहेको पाइएको बताउँदै भने,‘खाद्य अधिकारका विषय होस अथवा अन्य विषय स्थानिय भनौ या राज्यका निकायहरु कर्तव्यबाट भाग्न खोजेका देखिन्छ,अन्य संस्थाले सहयोग गरोस भन्ने मात्रै मनसाय बोकेको पाइन्छ जसले गर्दा काम गर्न समेत गाह्रो रहेको छ ।’इन्सेकका महतले सरकारले गैरसरकारी संस्थाहरुलाई हेर्ने नजर समेत फरक भएको पाइदा कार्यान्वयको पाटो त्यत्ति सहज नदेखिने समेत बताए ।यसैगरी कार्यक्रममा उठेका सवाल तथा विषयका बारेमा प्रतिक्रिया दिदै समाज कल्याण परिषदका सिंह बहादुर खड्काले संस्थाका निरन्तरता तथा स्थानियतहसँग फियान नेपाल होस अथाव अन्य संस्थाहरुलाई जोड्न सकिन्छ भन्ने विषयमा टिपोट बनाउने समेत बताए ।यस्तै समाज कल्याण परिषदका प्रतिनिधि सिंह बहादुर खड्काले आफुले संस्थाको निरन्तरता तथा कसरी दिर्घकालिन रुपमा नियमित गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा नेपालगंज उच्च बारएशोसियसनका पुर्व अध्यक्ष विकास आचार्य,अधिवक्ता विश्वजित तिवारी,खाद्य अधिकार संजालका धुव्र शर्मा,भुमिअधिकार मंचका जसविद वड,गैसस उपाध्यक्ष निर्मला सुनार,खाद्य अधिकार संजाल बैजनाथ साखा संयोजक एकता शाह, सामाजिक अभियान्त शाहिदा शाह ,लगायत आफ्ना– आफ्नो प्रतिक्रिया राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here