spot_img
Friday, October 18, 2024
Homeब्यानरप्राध्यापक समितिले गर्यो दशै शुभकामना कार्यक्रम

प्राध्यापक समितिले गर्यो दशै शुभकामना कार्यक्रम

spot_img

नेपालीहरुको महान पर्व वडा दशै,दिपावली लगायतका चाडपर्वको अवसर पारेर प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज ईकाई समितिले बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज इकाई समितिका अध्यक्ष प्रकाश लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख मोहनजंग शाहको प्रमुख आतिथ्यमा सम्पन्न गरीएको हो ।
कार्यक्रममा बोल्दै पुर्व क्याम्पस प्रमुख शाहले भने,‘पर्वहरुको भनेका आस्थाका परिचय हुन अतः पर्वहरुलाई उल्लासका साथ मनाउनु पर्दछ,साथै संस्थाले यस्ता प्रकारका कार्यक्रम राख्दा संस्थागत विकासका एवं सामुहिक रुपमा भेट हुने हुदाँ यसको महत्व रहन्छ ।’
यस्तै संघका अध्यक्ष लामिछानेले महेन्द्र बहुमुखी क्याम्पसमा रहेका आंशिक शिक्षकहरुको व्यवस्थापनका लागि आफुहरु लागेको बताउँदै भने,‘पछिल्लो समय क्याम्पसमा विभिन्न किसिमका पदहरुमा विज्ञापनहरु आएका छन,हाम्रा साथीहरुको समेत आवेदन गरेको छ यसमा हामी निकै सकारात्मक छौ,रह्यो कुरा आंशिक शिक्षकहरुको समस्या समेत सम्बोधन गराउनका लागि हामी लागेकै छौ ,हेरौ दशै पर्वसँगै सबैको राम्रो हुनेछ ,कामना गरौ ।’
यसैगरी शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रिय सदस्य ,संघका पुर्व अध्यक्ष डा.राजेशकेशर खनाल,महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका सहायक क्याम्पस प्रमुख सुवास गौतम,अधिवक्ता एवं प्राध्यापक लक्ष्मण प्रसाद पराजुली,महेन्द्र बहुमखी क्याम्पस सिएस आइटी प्रमुख मदन अधिकारी,सिएसआइटीकै राम प्रसाद साह,प्राध्यापक डा.अम्मेन्द्र प्रसाद मिश्रा,पुर्व क्याम्पस प्रमुख गणेश कुमार रेग्मी,प्राध्यापक टिका धिताल,मधु पौडेल,राजीव गुप्ता,आमोद गौतम लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम समितिका सहसचिव धनीराम थापाले सहजिकरण गरेका थिए ।शुभकामनामा कार्यक्रममा क्याम्पसका पछिल्ला गतिविधि लगायत आंशिक शिक्षकहरुको समस्या तथा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल समेत गरीएकों आशिंक शिक्षक महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका सभापति एवं प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज इकाई समितिका सहसचिव एव थापाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here