spot_img
Monday, September 16, 2024
Homeब्यानरप्राध्यापक सङ्घ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज एकाई समितिका पदाधिकारलाई सम्मान तथा बधाई

प्राध्यापक सङ्घ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज एकाई समितिका पदाधिकारलाई सम्मान तथा बधाई

spot_img

महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज प्राध्यापक महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ एकाई समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार एक समारोह विच स्वागत तथा बधाई गरीएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको आयोजनामा गरीएको कार्यक्रममा कार्यक्रमको सभापतित्व क्याम्पसका क्याम्पस प्रमुख लालमणि आर्चायले गरेको थिए । नेपाल प्रगतिशिल प्राध्यापक सङगठनका केन्द्रिय अध्यक्ष प्रा.डा.बेधराज केसीको प्रमुख आतिथ्यमा सो स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथित नेपाल प्रगतिशिल प्राध्यापक सङगठनका केन्द्रिय अध्यक्ष प्राडा केसीले सर्वसम्मत प्रक्रियामा गठित इकाई समिति शैक्षिक संस्थाहरुका प्राध्यापक ,कर्मचारी र विद्यार्थीको लागि महत्वपुर्ण भुमिका खेल्ने बताए । प्रमुख अतिथि प्रा.डा. केसीले भने,“सबैसँग समन्वय र सहकार्य गर्दै गए सबैको साझा इकाई समिति बन्ने छ ।”
यसैगरी कार्यक्रमका सभापति तथा महेन्द्र बहुमुखी क्याम्पस प्रमुख आर्चायले निर्वाचित समितिले एकताको सन्देश दिएको बताए । क्याम्पस प्रमुख आर्चायले भने,“हामी सबैको उदेश्य क्याम्पसको शैक्षिक गुणस्तर बढाउने ,प्राध्यापकहरुको गरिमा उच्च गराउने तथा क्याम्पस व्यवस्थापनका लागि हरेक प्रयास क्याम्पस प्रशासन र समिति मिलेर गर्नु पर्दछ ।”
कार्यक्रममा क्याम्पस प्रशासनको तर्फबाट बोल्दै महेन्द्र बहुमुखी क्याम्पस शिक्षा संकायका सहायक क्याम्पस प्रमुख डा.इन्द्र बहादुर भण्डारीले नव निर्वाचित समितिलाई बधाई दिदै नयाँ परम्पराको थालनी भएको बताए । उनले भने,“विगत दुई कार्यकाल देखि सर्वसम्मत हुँदै आएको हुदाँ यसले नयाँ परम्पराको थालनी भएको देखिन्छ ।”

व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुख शुवाश गौतमले सहजीकरण गरेको कार्यक्रममा मानविकी संकायका सहायक क्याम्पस प्रमुख भुवनेश्वर लामिछानेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष डा. राजेशकेशर खनाल,प्रगतिशिल प्राध्यापक सङगठनका अध्यक्ष गिरीराज पौडेल,नेपाल राष्ट्रिय प्राध्यापक सङगठनका विष्णु केसी लगयातले मन्तव्य राखेका थिए भने विद्यार्थी संगठनका तर्फबाट नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका इकाई अध्यक्ष चन्द्र प्रकाश देवकोटा,अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस ईकाई अध्यक्षका माधव खत्री,अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस ईकाई अध्यक्ष हरेन्द्र विक, महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियुका ईकाई अध्यक्ष केशव जंग शाह, महेन्द्र बहुमुखी क्याम्पसअनेरास्ववियु क्रान्तिकारी विप्लवका ईकाई अध्यक्ष सुरेन्द्र रावत लगायतले मन्तव्य दिएका थिए ।
यसैगरी त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज एकाई समितिमा प्राध्यापक राजेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा एघार सदस्यीय एकाई समिति गठन गरीएको छ । समितिको उपसभापतिमा लालमणि घिमिरे,सचिवमा डा.मुना श्रेष्ठ,सहसचिवमा केशव पौडेल,कोषाध्यक्षमा वसन्तराज भण्डारी,सदस्यहरुमा किरण रेग्मी,हरि क्षेत्री ,दुर्गा प्रसाद जोशी,लक्ष्मण पोख्रेल,आर के गौतम,कविराज रेग्मी रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here