नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा जारी प्रादेशिक महोेत्सव २०८१ को बुधबार औपचारिक रुपमा समापन गर्ने भएको छ ।
महोत्सवमा दिन थप गर्नुपर्ने चौतर्फी दवाब आए पनि संघले निर्धारित मिति मंगलबार नै सकिएकाले बुधबार औपचारिक कार्यक्रम गरी समापन गर्ने प्रचार उप–समितिका संयोजक डम्बरबहादुर चन्दले जानकारी दिए । दिउँसो २ बजे सडक डिभिजन परिसरमा समापन समारोह हुनेछ । महोत्सवको समापन समारोहमा पनि संगीतमय हुने जनाइएको छ । महोत्सवको सांस्कृतिक उप–समितिका संयोजक मख्खन बहादुर धामी बुधबार बाल गायक सुप्रिम मल्लको एकल प्रस्तुती हुनेछ । संघले यस अघि नै मल्ललाई डाकेको भए पनि आउन पाएका थिएनन् ।
नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको अन्तिम दिन लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुती दमदार भयो । गायक अर्जुन कौशल र देउडा गायिका निरुता खत्रीको पनि प्रस्तुती रहेको थियो । गायिका मञ्जु पौडेल र पत्रकार तिलक गाउँलेले महोत्समको कार्यक्रम सञ्चालन गरेका थिए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस