नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव लोकप्रिय गायक पशुपति शर्माले दर्शकलाई खुबैै नचाए ।
जाम भने जान्छेउ र माया, पोखरा फेवाताल घुम्नलाई।।।बोलको गीत गाउँदै स्टेज उक्लेका पशुपति शर्माले क्याम्पस पढ्न आउने।।।, क्यान माया मारिछौ सानी।।।,सारङ्गी ¥याइ¥याई।।।लगायतका आफ्ना आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकको माया बटुलेका थिए ।
कार्यक्रमका अन्तिम अथिति कलाकार शर्माले सांंगितिक कार्यक्रमको समापन लोक दोहोरी गायिका रुपा घर्ती मगरसँग लाइभ दोहोरी गाएका थिए । उनले लेजिड फस्ट भन्दै रुपालाई पहिले गीत गाउन भने । रुपाले लेजिड फस्ट हुन मानिनन् । भनिन्, ‘हुँदैन । पहिले भाले बास्छ दाइ।।।।’ लोक पप गायक टंक तिमिल्सैनाले पनि नेपालगन्जमा आफूले पढेका दिन याद गर्दै दर्शकलाई नाच्ने बनाएका थिए । उनले मेरी चम्पा।।।, मन माया।।।र देउडा गाएर दर्शकलाई समूह समूहमा नाच्न बाध्य बनाएका थिए । कार्यक्रममा डान्सर अन्जु सुनारले मनमोहक नृत्य प्रस्तुत गरेकी थिएन् ।
साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको दशौं दिन शनिबार चर्चित गायक प्रकाश दूतराज, गायिका रचना रिमाल र डान्सर अञ्जली अधिकारीको प्रस्तुती हुनेछ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस