spot_img
Monday, September 16, 2024
Homeब्यानरप्रदेश प्रमुख अहिराजद्धारा भेटघाट तथा सहयोग

प्रदेश प्रमुख अहिराजद्धारा भेटघाट तथा सहयोग

spot_img

मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा राजेश अहिराजले सामाजिक सेवा अन्र्तगत खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । पश्चिम भ्रमणमा रहनु भएका निर्वतमान प्रदेश प्रमुख अहिराजले भेरी अस्पताल परिसरमा संचालित अञ्जनी माता रसोई घर, निल सागर बृद्धाश्रम र डुुडुवा गाउँपालिका २ जाफरपुर्वास्थित मदरसामा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अञ्जनी माता रसोई घरमा सामुहिक भोजन गरिएको थियो । कार्यक्रममा ग्रिन नेपालगन्ज क्लिन नेपालका अभियन्ता डा विनोद कर्ण, भेरी अस्पतालका डा आर के झा, बर्दियाका नागरिक अभियन्ता कमलदेव पौडेल, अञ्जनी माता रसोइका संचालक जितेन्द्र ठाकुर, विजय गप्ता, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भटट लगायतको सहभागिता रहेको थियो ।
त्यसक्रममा रसोई घरको परिकल्पना, भोजनको व्यवस्थापन लगायतका बारेमा जानकारी गराइएको थियो । यसैगरि नागरिक समाजका अगुवाहरुसंग छलफल गरिएको थियो । छलफलका क्रममा राज्य पुर्नसंरचनापछिको संयन्त्रको काम कारवाही प्रक्रिया, सेवाग्राहीका समस्या नागरिक अभियान लगायतका विषयमा छलफल गरिएको थियो ।
निवर्तमान प्रदेश प्रमुख अहिराजले बाँकेको बाढी प्रभावित तथा सिमा क्षेत्रको समेत अवलोकन गरि स्थानीयसंग भेटघाट गरेका छन । त्यसक्रममा स्थानीयहरुले बाढीको समस्या तथा सिमा क्षेत्रमा उत्पन्न समस्याको बारेमा जानकारी गराउदै पहलका लागि आग्रह समेत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here