spot_img
Thursday, October 17, 2024
Homeबजारप्रतिबद्धपत्र सहित प्रदिप भट्टाईको नेतृत्वमा सामावेशी समुह घरदैलोमा

प्रतिबद्धपत्र सहित प्रदिप भट्टाईको नेतृत्वमा सामावेशी समुह घरदैलोमा

spot_img

कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्तिक ३ गते हुने आसन्न निर्वाचनका लागी अध्यक्ष पदका उमेद्वार प्रदिप भट्टराई को नेतृत्वमा निर्वाचन प्रचारप्रसारलाई तिब्रता दिएको छ।
उक्त लोकतान्त्रिक समावेशी प्यानलको चण्डि प्रसाद गैरे ,वरिष्ठ उपाध्यक्ष हरिशरण के.सी, उद्योग उपाध्यक्ष राकेश विष्ट, वस्तुगत उपाध्य दिपक भण्डारी ,महासचिव राजकु‌मार पौडेल, उप(महासचिव भूमिराज कडेल ,कोषाध्यक्ष देविलाल सुनार सह कोषाध्यक्ष अमृत पौडेल, खुला सदस्य नोखराज रावत, श्रीधर घिमिरे , किरण प्रसाद श्रेष्ठ, भुप बहादुर भण्डारी, किरण सेन्चुरी, गौरव श्रेष्ठ , गिरधारी शर्मा सुवेदी , सिता योगी अधिकारी तथा महिला सदस्य ममता थापा ,राजेन्द्र प्रसाद रिजाल एसोशिएट सदस्य सहित सोमबार हवल्दारपुर देखि ब्यापारीहरुको पसलहरुमा सयुक्त रूपमा गएर “व्यवसायिक एकता, हाम्रो प्रतिबद्वता”आगामी कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ।
लोकतान्त्रिक समावेशी प्यानलले आफ्नो प्रतिबद्धता सहित ब्यापारीहरुको हकहितलाई मध्यनजर गर्दै कोहलपुर उद्योग ब्यापार संघले आफ्नो प्रतिबद्धता यस प्रकार सार्बजनिक गरेर प्रतिवद्धता(पत्र सहित भोट माग्दै सोमबार कोहलपुर नगरपालिका १४ हवल्दारपुर देखि घरदैलो कार्यक्रमलाई तिब्रता दिएको एकीकृत समाजवादी कोहलपुर नगर कमिटी सचीव एवं पुर्ब कोहलपुर उद्योग ब्यापार संघ महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए।
प्रतिबद्धता पत्र व्यवसायीहरुको हितमा भएकोले ब्यापारीहरुको हकहितका लागि बनाएको प्रतिबद्धता यस्तो रहेको अध्यक्ष पदका उम्मेदवार भट्टराईले बताए ।


यस्तो छ प्रतिबद्धता पत्रः
१.व्यवसायी, घरधनी तथा घरवहाल सम्बन्धी समस्यालाई निराकण गर्न अनिवार्य घरभाडा सम्झौता करारलाई जोड दिँदै घर वहाल कर घरधनीले बुझाउने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न पहल गर्ने।
२. धारासायी व्यवसायलाई पुनरुत्थानमा सहयोग गर्नका लागि व्यवसायी राहत कोष स्थापना गरी बन्द रहेका मझौला व्यवसायलाई संञ्चालनका लागि आवश्यक बातावरण तयार गर्ने।
३.कोहलपुर बजार क्षेत्रमा पार्किङ ब्यबस्थित गर्न स्थानिय सरकार तथा अ पिक संघ(संस्थासँग सहकार्य गर्ने ।
४. महिला व्यवसायीलाई शसक्तिकरण गर्नका लागि उद्यमशीलता तालिम प्रदान गरी स्वरोजगार बनाउने ्र
५. शान्ति सुरक्षा र सुरक्षित ब्यबसायको लागि जडान गरिएका सिसि क्यामेरालाई व्यवस्थित सुचारु गर्दै अन्य आवश्यक ठाउँमा थप सिसि क्यामरा जडान गर्ने ।
६. बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी व्यवसायिक कर्जा प्रक्रिया सरल पार्दै बैंक व्याज व्यवसायीमैत्री बनाउँदै साना तथा मझौला व्यवसायीलाई सहुलियत दरमा ऋण प्रवाह गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने।
७.सरकारी नियामक निकाय अनुगमनमा आउदाँ हुने विभिन्न समस्या र हैरानीलाई न्यूनिकरणका गर्नका लागि संघले समन्वय
र सहजिकरण गर्ने ।
८ .व्यवसायीका लागि लेखा, उद्यमशीलता तथा व्यवसाय व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने ।
९.व्यवसायिक एकता र ऐक्यबद्वताका लागि अन्य व्यवसायिक संघ संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने।
१०.छिमेकी देश भारतको सिमावर्ती बजार रुपैडिहाका कारण स्थानिय व्यवसायीहरुले झेल्नुपरेको व्यापारिक मन्दीलाई हटाउनका लागि भन्सार वाणिज्य कार्यालयसँग समन्वय गरी भन्सार कर कडाइका साथ लागु गर्न दवाव सिर्जना गर्ने।
११. कोहलपुर उद्योग वाणिज्य संघको भूमिकालाई थप शसक्त बनाउनका लागि स्थानिय सरकारसँगको समन्वय र साझेदारीमा
जोड दिने ।
१२. संस्थागत आर्थिक पारदर्शितालाई कायम गरी संघका गतिविधीहरुमा सेवाग्राहीहरुको पहुँच सुनिश्चित गर्न वडापत्र निर्माण गरी संघको पारदर्शिता, जवाफदेहिता र विश्वसनियता अभिबृद्धि गर्ने।
१३.कोहलपुर क्षेत्रका शिक्षा, स्वास्थ्य र परोपकारी सामाजिक संघ संस्थासँग हातेमालो गर्दै व्यवसायिक सामाजिक उत्तरदायित्व
बृद्धि गर्ने।
१४. स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न बजारको सुनिश्चितता कायम गर्ने ।
१५. स्थानिय निकायसँग समन्वय गरी ट्राफिक लाईट ब्यबस्थापन तथा आवश्यक स्थानमा निशुल्क ईन्टरनेटको ब्यबस्था गर्ने ।
१६. पार्किङ सहितको सुबिधा सम्पन्न दुई हजार मानिस अट्ने क्षमताको सभाहल तथा बजार क्षेत्रमा आकाशेपुल निर्माण गर्न स्थानिय निकायसँग समन्वय गर्ने ।
१७. छरिएर रहेका फुटपाथ तथा घुम्ती व्यवसायीहरुलाई व्यवस्थित गर्न स्थानिय निकायसँग समन्वय गर्ने ।
१८. नव निर्मित संघको भवनमा वस्तुगत व्यवसायी संघहरुको कार्यालय सञ्चालनका लागि आवश्यक व्यवस्थापन गर्ने।
१९. कोहलपुर बजार क्षेत्रमा रहेको डिभाइडर सम्बन्धी गुनासाहरुलाई सम्बोधन गर्नका लागि सरोकारवाला निकायहरुसँग परामर्श
गर्ने।
२०. बाँके जिल्लालाई पर्यटकीय गन्तब्यको रुपमा सुपरिचित गराउन नगरलाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाउन विभिन्न स्थानिय निकायहरुसँग समन्वय र सहकार्य गर्ने ।
२१. सुनचाँदी व्यवसायीहले धरौटीमा ऋण सापटी दिँदा प्रशासनद्वारा सिर्जना गर्ने समस्या समाधानका लागि आवश्यक पहल
एवम् परामर्श गर्ने ।
२२. बाँके राष्ट्रिय निकुञ्जले पूर्व पश्चिम राजमार्ग अन्र्तगत शम्सेरगञ्ज-जिरो सडकखण्डमा लागु गरेको टाइमकार्डका कारण
स्थानीय पर्यटन व्यवसाय एवम् नागरीकहरुमा परेको समस्या समाधानका लागि पहल एवम प्रयास गर्ने।
२३. कोहलपुरसँग जोडिएका बजारको रुपमा विकसित हुन लागेका क्षेत्र गाभर-चिसापनी, ढकेरी-शम्सेरगञ्ज, अगैया-कुसुम, बनकटवा-सम्झना चोक क्षेत्रलाई कोहलपुरको बजार व्यवसायसँग जोड्ने ।
साथैमाथि उल्लेखित प्रतिबद्वताहरु मन, वचन र कर्मले पुरा गर्ने प्रणलाई साकार पार्नका लागि आफ्ना शुभचिन्तक तथा मतादाताहरुलाई आफ्नो अमूल्य मत दिएर सम्पूर्ण लोकतान्त्रिक व्यवसायी समूहका उमेद्वारहरुलाई अत्यधिक बहुमतले बिजयी गराउनुहुन समेत समावेशी समुहले हार्दिक अपिल समेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here