spot_img
Saturday, September 21, 2024
Homeब्यानरप्रतिगमनलाई परास्त परौ भन्दै गठबन्धनमा आबद्ध किसान संगठनद्धारा सयुक्त प्रेस विज्ञप्ती जारी

प्रतिगमनलाई परास्त परौ भन्दै गठबन्धनमा आबद्ध किसान संगठनद्धारा सयुक्त प्रेस विज्ञप्ती जारी

spot_img

प्रतिगमनलाई परास्त गरौँ , गठबन्धनका उमेदवारहरूलाई मतदान गरौँ भन्ने नाराका दिदै गठबन्धनमा आबद्ध किसान संगठनहरूको संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन । नेपाली जनताको महान् त्याग र बलिदानको प्रतिफलस्वरूप नेपाल गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको युगमा प्रवेश गरेको हुदाँ वर्तमान अवस्थामा गठबन्धन नै विकल्प रहेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । सयुक्त पे्रस विज्ञप्तिमा भनिएको छ लामो समयको संघर्षपछि नेपाली जनताले आफ्नो संविधान आफै लेखेका छन्, जुन कार्यान्वयनको चरणमा छ । यतिबेला सिंगो देश र जनता स्थानीय तहको निर्वाचनको संघारमा उभिएका छन् । यसै सन्दर्भमा लोकतन्त्र, अग्रगमन र नेपाली किसानहरूको हक, हित, अधिकार र कृषि क्षेत्रको दिगो विकासको पक्षमा क्रियाशील रहेका नेपाली काँग्रेससँग आबद्ध नेपाल किसान संघ, नेकपा (माओवादी केन्द्र)सँग आबद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सँग आबद्ध अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल)सँग आबद्ध अखिल नेपाल किसान महासंघ (अप्फा) र जनता समाजवादी पार्टी, नेपालसँग आबद्ध समाजवादी किसान महासंघसहित गठबन्धनमा आबद्ध ५ किसान संगठनहरूको संयुक्त बैठकका निर्णयहरूलाई सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको हो । गठबन्धनमा आबद्ध ५ किसान संगठनहरू आम नेपाली जनसमुदायलाई लोकतन्त्र, अग्रगमन, धर्मनिरपेक्षता, समावेशीकरण र किसानहरूको हक, हित र अधिकारको रक्षा गर्न तथा प्रतिगामी, पुनरुत्थानवादी र किसानविरोधी शक्तिहरूका लोकतन्त्र, अग्रगमन र किसानहरूका विरुद्ध गरेका सम्पूर्ण षडयन्त्र, दम्भ, घमण्ड, अहंकार र भ्रष्टाचारको विरुद्धमा बनेको ५ दलीय गठबन्धनको पक्षमा दृढतापूर्वक उभिन र गठबन्धनमा आबद्ध राजनीतिक दलहरूका उमेदवारहरूलाई मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन हार्दिक अपिल गरेका छन ।
विज्ञप्तीमा भनिएको छ देशका सम्पूर्ण राजनीतिक दलहरूलाई लोकतन्त्र, अग्रगमन, धर्मनिरपेक्षता, समावेशीकरण, कृषि क्रान्ति, वैज्ञानिक भूमिसुधार, खाद्यसम्प्रभुता, जलवायु न्याय, नेपाली किसानहरूको हक, हित र अधिकार तथा कृषि क्षेत्र व्यावसायीकरण, औद्योगीकरण, सहकारीकरण र दिगो विकासको पक्षमा निष्ठापूर्वक उभिन, किसानमुखी नीति तथा कार्यक्रमहरूअघिसार्दै निर्वाचनमा प्रस्तुत हुन र निर्वाचनमा विजयी भएपश्चात ती कार्यक्रमहरूलाई इमानदारितापूर्वक लागु गरी देशको दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूको जीवनमा समृद्धि र खुसीयाली ल्याउने दिशामा कार्य गर्न हार्दिक अपिल गर्दछौँ ।
यसैगरी गठबन्धनमा आबद्ध किसान संगठनहरू देशको दुईतिहाइ जनसंख्या ओगट्ने नेपाली किसानहरूको नेतृत्व तथा प्रतिनिधित्वगर्दै उनीहरूको हक, हित र अधिकारका साथै गणतन्त्र, लोकतन्त्र, अग्रगमन, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको पक्षमा सधैँ अटल भई उभिइरहेको, भविष्यमा पनि निरन्तर उभिइरहने र जनताको लामो समयदेखिको संघर्षबाट प्राप्त उपलब्धिका विरुद्ध कुनै षडयन्त्र भएमा त्यसका विरुद्ध डटेर सामना गर्दै त्यसलाई चकनाचुर पार्ने प्रतिबद्धता व्यक्त गरेको सयुक्त विज्ञप्तीमा लेखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here