spot_img
Monday, September 16, 2024
Homeबजारप्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले बुझायो ज्ञापनपत्र

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले बुझायो ज्ञापनपत्र

spot_img

विना भन्सार विद्युतीय स्कुटीहरु बाँकेमा संचालनमा आउँदा स्थानिय व्यवसायीलाई मर्का पर्न गएको भन्दै बुधबार प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले बाँकेमा पछिल्लो समय अनाधिकृत रुपमा सयौको सँख्यामा विद्युतीय स्कुटहरु संचालनमा आएका कारण आफ्ना व्यवसायीहरुको व्यवसाय धरापमा पर्ने खतरा बढेको समेत बताएका छन ।
संघका अध्यक्ष थापाले भने,‘नम्बर प्लेट नभएको कारण दुर्घटना हुदाँ पहिचान गर्न समेत गाह्रो हुने,सवारी यातायत ऐन अनुसार उक्त सवारी साधनरत सवार गर्ने व्यक्तिलाई बिमा लगायतका कानुनी सुविधा प्राप्त नहुनाले उक्त अनाधिकृत स्कृटीहरुलाई कडाईका साथ चेकजाँच गरि आवश्यक कारवाही गनु पर्छ भन्ने हाम्रो माग हो ।’
यसैगरी विज्ञप्ती बुझ्दै जिल्ला प्रशासन कार्यालयका बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने,‘यसका विषयमा म आजै सबै निकायमा निर्देशन दिने छु,कुनै पनि हालतमा भन्सार छली गर्न हुदैन यसलाई मैले गम्भिरता साथ लिएको छु ।’
यसैगरी यसरी विना भन्सारका विद्युतिय स्कुटी नेपाल भित्रिनु राम्रो कुरा नभएको भन्दै नेपालगंजमा उपमहानगरपालिका मेयर प्रशान्त विष्टले भने,‘हामीले अहिले विद्युत रिक्साका विषयमा नियमन गर्ने,दर्ता गर्ने लगायतको प्रक्रिया अघि बढाएका छौ,विद्युतय स्कुटी ,मोटरसाइकलका विषय हाम्रो नभएको हुदाँ यससँग सरोकार राख्ने निकायहरु गम्भिर हुन जरुरी रहेको देखिन्छ ।’
यस्तै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले भने,‘हामीले नियमित अनुगमन तथा चेकजाँच गरीनै रहेका छौ,यसरी विद्युत स्कुटरहरु संचालनमा आएको भेटाए सम्म हामीले कारबाहीको दायारामा ल्याउँछौ नै,’ ।यसैगरी नेपालगंज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खन धामीले यस्ता क्रियाकलाप गर्न गराउन नहुने भन्दै भने,‘यसले शुद्ध रुपमा व्यवसायी गर्ने नेपाली व्यवसायीहरुलाई निकै मर्का पर्न जान्छ ,अतः सम्बन्धी निकायले यसका विषयमा गम्भिर हुन जरुरी छ ,’ ।यसैगरी नेपालगंजमा लामो समय देखि व्यवसायी क्षेत्रमा रहेका व्यवसायी अगुवा ललित कुमार रौनियारले भने,‘निजी लगानीमा ,बैकको ऋण तथा अनेकौ जोखिमको साथमा गर्नु परिरहेको व्यवसायमा झन सयौको संख्यामा अनाधिकृत रुपमा भारतबाट ल्याइएका स्कुटीहरु नम्बर प्लेट नहाली विना रोकतोक नेपालगंजमा गुड्ने हुनाले भारतबाट सस्तोमा किनेर निर्बाध रुपले नेपालमा ल्याई प्रयोग गर्ने हुनाले एकातिर हाम्रो व्यवसाय संकटमा परेको छ भने अर्कोतिर राजश्व छलिले सरकारलाई समेत नोक्सान भएको छ ।’यसैगरी नेपालगंजमा साइकल पसल गर्दै आएका हिमालय साइकल पसलका मेराज अहमद भन्छन,‘अन्य जिल्लामा यस्तो समस्याको रोकथामका लागि निमय बनाएर कार्यान्वयनमा ल्याएको पाइन्छ तर बाँकेको यस्तो हुन सकेको छैन,नियम बनाएर लागु गर्न सके हामी जस्तो व्यवसाय गर्नेलाई धेरै राहत मिल्ने थियो ।’
ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका उपाध्यक्ष धुर्व दाहाल,सचिव टेक प्रसार खड्क एवं हिमनाथ पौडेल,वरिष्ठ महिला उपाध्यक्ष उमा ग्राण्डन,सदस्य सन्तोष पौडेल,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज उपमहानगरपालिका अध्यक्ष शिव प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here