प्रजातान्त्रिक उद्योगि व्यवसायी संघ बाकेले स्वर्गीय अचुत प्रसाद प्रसाईंलाई शुक्रबार दिप प्रज्वलन गरि सम्झिएको हो। उद्योग वाणिाज्य संघ नेपालगन्जका पुर्व अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्य समेत रहि सकेका स्वर्गीय प्रसाईको वार्षिक पुन्यतिथिको अवसरमा सम्झिएको हो ।


प्रजातान्त्रिक उद्योगि व्यवसायी संघ बाकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा सम्पन्न दिप प्रज्वालन कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी ,उद्योग वाणिज्यका पुर्व महासचिव अशोक कर्माचार्य,पुर्व अध्यक्ष सतिस अग्रवाल लगायताले बोलेका थिए । सम्बोधन क्रममा वक्ताहरूले स्वगिर्य प्रसाईले नेपालगन्जलाई दिएको योगदान भुल्न नहुने बताएका थिए ।



कार्यक्रममा कोहलपुर उद्योग वाणिाज्य संघका अध्यक्ष दिपक भट्टराई , नेपालगन्ज नगर विकास समितिका पुर्व अध्यक्ष ललित कुमार रौनियार ,नेपाल उद्योग वाणिज्य महासंघ का पुर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ,कोहलपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मण प्रसाद पौडेल ,प्रजातान्त्रिक उद्योगि व्यवसायी संघ बाकेका वरिष्ठ उपाध्यक्ष उमा ग्राण्डन ,सचिवद्वय टेक बहादुर खड्का,हिमनाथ पौडेल ,कोषाध्यक्ष विष्णु श्रेष्ठ,प्रजातान्त्रिक संघ नेपालगंज उपमहानगरपालिका नगर अध्यक्ष शिव प्रसाद दहाल लगायतको उपस्थित रहेको थियोे ।











