spot_img
Friday, December 5, 2025
Homeराजनीतिप्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

spot_img

नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

बैठक आज(मंगलबार) बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।
बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको हिजो (सोमबार) बसेको पदाधिकारी बैठकले हिजो मारिएका सबै १९ जनालाई शहीद घोषणा गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।
साथै सबै पालिकाहरुमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

रास्वपा सहभागी नहुने

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बोलाएको बैठकमा विपक्षी दल रास्वपाले सहभागी नहुने जनाएको छ ।

रास्वपा प्रवक्ता मनिष झाले आफूहरु प्रचण्डले बोलाएको बैठकमा सहभागी नहुने बताए । उनले भनेका छन्, ‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु हो ।’onlinekhabar

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here