निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको अध्यक्षमा विकास बज्राचार्य निर्वाचित भएका छन् । बज्राचार्य निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार सबै पदमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा शरद चन्द्र रावल, उपाध्यक्ष महेन्द्र राज शर्मा आचार्य, सचिव लक्ष्मण बहादुर सिंह, कोषाध्यक्ष प्रविण गिरी, सहसचिव गणेशमान आचार्य र सहकोषाध्यक्षमा नरेन्द्र कुमार झा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत विकास आचार्यले जानकारी दिए ।
यस्तै पालिका सदस्यहरुमा विराउन शेष (वीर) (डुडुवा), ठगिराम दमाई (बैजनाथ), नवकिरण शाह (कोहलपुर), महेन्द्र बहादुर सेडाई (जानकी), गौरब गिरी (नेपालगन्ज), अब्दुल गफ्फार खाँ (खजुरा) निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा धर्म सिंह कार्की ९सुभाष०, ओम प्रकाश चन्द ठकुरी र राम बहादुर जिसी निर्वाचित भएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका रावल उम्मेदवारी फिर्ता लिएर वरिष्ठ उपाध्यक्षमा बस्न सहमत भएपछि बज्राचार्य निर्विरोध अध्यक्ष चुनिएका हुन् । रावल यसअघि प्याब्सन नेपालगन्ज नगर अध्यक्ष थिए ।