spot_img
Friday, October 18, 2024
Homeब्यानरपूर्णनिर्मित खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी भौतिक संरचना हस्तान्तरण

पूर्णनिर्मित खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी भौतिक संरचना हस्तान्तरण

spot_img

बाँकेको दुई वटा विद्यालयमा पूर्णनिर्मित खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी भौतिक संरचना हस्तान्तरण गरीएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ भुजई गाउँमा रहेको श्री पाटेश्वरी आधारभूत विद्यालय तथा वडा नम्बर २२ मा रहेको श्री आधारभूत विद्यालय पुरैनामा एक कार्यक्रमका बीच सो कार्यक्रम हस्तान्तरण गरिएको हो ।
स्कूलको माँग अनुसार पूर्ण निर्मित खानेपानी सरसफाई स्वच्छताका लागि भौतिक शौचालय भवन संरचनाहरू स्कूलको समन्वय र सहकार्यमा सहकर्मी समाजको सहयोग र सहजीकरणमा आधारभूत विद्यालय वडा नम्बर २२ पुरैनीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव कुमार वर्मा तथा प्रधानाध्यापक देवकी अर्यालको नेतृत्व तथा वडा नम्बर १८ को भुजई गाउँको श्री पाटेश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन अध्यक्ष माधवराम वर्मा तथा प्रधानाध्यापक भृकुटी तारा शाहीको नेतृत्वमा एक कार्यक्रमका बीच सो कार्यको हस्तान्तरण भएको हो।
सहकर्मी समाजले एक्ट एलाइन्स र कोर्डएडको सहयोगमा विद्यालयमा विद्यार्थीहरूलाई स्वच्छ खानेपानीको व्यवस्थाका साथै स्वच्छ शौचालय मर्मत निर्माणका साथै फिल्टर सहितको खानेपानी धारा र हातधुने ठाउँको निर्माण गरी १ वटा प्लाष्टिकको पानी टंकी, १ वटा स्टीलको टंकी तथा फिल्टर जडान गरिदिए्को छ ।


सहकर्मी समाजले गरेको कार्यको प्रशंका गर्दै वडाअध्यक्ष दीपक वर्मा तथा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष माधवराम वर्मा, शिवकुमार वर्माले सहकर्मी समाज तथा दाता संस्था एक्ट एलाइन्स र कोर्डएड र प्रत्यक्ष रुपमा कार्य गर्ने सहकर्मी समाजका कर्मचारीहरु प्रतिमा राना, पंकज शाही, तारा बहादुर केसी र कमला ओलीलार्ई सम्मान गरिएको थियो ।
कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, शिक्षा कार्यालयका पदाधिकारी तथा सहकर्मी समाजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here