spot_img
Thursday, September 19, 2024
Homeब्यानरपुस्तकालयद्धारा स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरण हस्तान्तरण

पुस्तकालयद्धारा स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरण हस्तान्तरण

spot_img

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले स्वास्थ्य सामग्री तथा स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।एए.स.बी. जर्मन, रिड नेपालको आर्थिक सहयोग र ज्ञानोदाय सामुदाय पुस्तकालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सामुदायका लागि कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत आईसोलेशन तथा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री तथा आवश्यक उपकरण हस्तान्तरण गरेको हो । कोहलपुर नगरपालिका वडा नं. १५ मा रहेको शम्शेरगञ्ज स्वास्थ्य चौकी, कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र कोहलपुर नगरपालिका वडा नं. ७ मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ह्यान्ड वासिङ स्टेसन १ थान, वासिङमिसन ८.५ केजिको एक, पानी फिल्टर एक थान, हस्पिटल वेड एक थना, वेड सिट ८ थान, डस्विन ठुलो एक थान, डस्विन सानो एक थान, बाल्टी दुई थान, मग दुई थान, मास्क ३५ बट्टा, सेनिटाईजर एक सय एमएल २० थान, ग्लोभ्स २ बट्टा, फेस सिल १० थान, पिपिईसेट १० थान, हुइल चियर एक थान, डिसइन्फेक्ट एक थान, अक्सीजन सिलेन्डर ३ थान लगायतका स्वास्थ्य सामग्रीहरु हस्तारन्तरण गरिएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ७ वडा अध्यक्ष दिपकजंग शाहले कोरोना भाईरसको महामारीमा आवश्यक पर्ने स्वास्थ्य सामग्री रहेको गरको भन्दै धन्यवाद व्यक्त समेत गर्नु भएको छ ।कार्यक्रममा बोल्दै ज्ञानोदय सामुदायि पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरेको बताउनु भयो । ज्ञानोदय सामुदायिक पुस्तकालयले कोहलपुर नगरपालिका भित्र रहेका सवै वडाहरुमा आफ्ना विभिन्न गतिविधि गदै आएको भट्टराईको भनाई रहेको छ । अध्यक्ष भट्टराईलेयहि भदौ १५गते राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुराना पुस्तका प्रर्दशनि र फोटो प्रर्दसनि कार्यक्रम आयोजना गरिएको समेत जनकारी गराउनु भयो । पुस्तकालयले वडा नंं १५का २० जना कोभिड प्रभावित अपाङ्गगता तथा न्यूनआए भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य समाग्री वितरण गरिएको थियो ।त्यस्तै सोमबार वडा नंं ९मा करिव ४०जनालाई कोभिड प्रभावित अपाङ्गगता तथा न्यूनआय भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य समाग्री वितरण गर्ने कार्यक्रम भएको समेत जानकारी गराउनु भयो । साथै अध्यक्ष भट्टराईले ले कोरोना भाईरसको महामारीमा पुस्तकालयले आवश्यक सहयोग गरिरहेको जानकारी दिँदै कोहलपुर नगरपालिकाको दुर्गम क्षेत्रका रुपमा रहेको वडा नं.७, ९, १४ र १५ लाई आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. १५ मा रहेको शम्शेरगञ्ज स्वास्थ्य चौकीका प्रमुख लिलाधर बुढाथोकीले स्वास्थ्य चौकीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कोरोना भाईरस महामारीमा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो।कार्यक्रमा वडा नं.१५का वडा अध्यक्ष पतिराम थारु ,वडा नं. ९का वडा अध्यक्ष ठाकुर प्रसाद थारु र नेपाल भारत मैत्रि संघकी वरिष्ठ महिला उपाध्यक्ष सुष्मा शर्मा लगाएतको कार्यक्रमा सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण ज्ञानोदाय पुस्तकालयका शिवध्वज शाहीले गर्नु भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here