शनिबार पुर्वसिचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले तुलसीपुर डान्स स्कुलको उद्घाटन गरेका छन ।शनिबार भएको एक कार्यक्रमका विच नेता गिरीले तुलसीपुर डान्स स्कुलको उद्घाटन गरेको हुन । तुलसीपुर डान्स स्कुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै नेता गिरीले मानिस भित्र रहेको कलालाई बाहिर ल्याउनु पर्ने बताए । कलाका माध्यमबाट आफुमात्र नभएर देशको गौरभ हुने काम समेत गर्न सकिने नेता गिरीको भनाई रहेको थियो ।तुलसीपुरमा डान्सको राम्रो व्यवसायी संग डान्स युवाहरुको रुचीमा पर्ने विषय बन्दै आएको भन्दै सो डान्स प्रशिक्षणको रुपमा तुलसीपुर डान्स स्कुल संचालनमा ल्याइएको हो ।डान्स स्कुललाई व्यवस्थापनको लागि संचालन समिति समेत चयन गरीएको बताइएको छ ।समितिको अध्यक्षमा जागेश्वर वली,उपाध्यक्ष नविन वली,कोषाध्यष एस.वि.वली रहेका भने सदस्यहरुमा प्रकाश केसी,मदन मुस्कान,एचआर मगर,अजुर्न रोका मगर,सुरेश विष्णु सुनार रहेका छन ।यसैगरी सल्लाहकारहरुमा सनोद थापा,दिपेश गुप्ता, रहेका छन भने प्रेस सल्लाहकारमा कृष्णी अधिकारी चयन भएका छन ।उद्घाटन समारोहका विच महालक्ष्मी अफसेट प्रेसका प्रोपाइटर समेत रहेको सालिकराम वस्नेतले करिव ्३० हजार बराबारको घरभाडा छुट दिएको घोषण गरेको थिए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











