spot_img
Monday, September 16, 2024
Homeब्यानरपीडित पुनः भेटघाट कार्यक्रम, २०७८ शुरूवात

पीडित पुनः भेटघाट कार्यक्रम, २०७८ शुरूवात

spot_img

मोरङ जिल्ला जिल्ला प्रहरी कार्यालय मोरङ र मातहत प्रहरी ईकाई समेतले पीडित पुनः भेटघाट कार्यक्रम २०७८ को असोज १ गतेबाट सुरूवात गरेको छ ।पीडक (कसुरदार) लाई कानून बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडित मैत्री वातावरण सिर्जना गर्दै, पीडक र निजको पक्षबाट पीडितलाई हुन सक्ने दवाव, प्रभाव तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्न र पीडितलाई कानून बमोजिम सहयोग गर्नका लागि उक्त कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रम सुरूवातको क्रममा २०४२ भदौ १८ गते भएको खुन डाँका मुद्दाका पीडितसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसी सहितको टोलीले भेटी पीडित पुनः भेटघाट कार्यक्रम शुरू गरिएको हो । उक्त घटनामा संलग्न रही फरार मोरङ कटहरी गाउँपालिका–७ तकिया बस्ने ८७ वर्षीय उजारू चौधरी थारू र सोही ठाउँ बस्ने ५० वर्षीय शिवना सरदार वातरलाई ३६ वर्ष पछाडि गत भदौ ९ गते पक्राउ गरी कानूनी कारवाही भएको जानकारी गराउँदा पीडितले न्याय पाएकोमा खुशी ब्यक्त गरे । साथै मातहत कार्यालयहरूबाट समेत अन्य स्थानका पीडितहरूलाई प्रहरी घरमै पुगेर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउँदा सबैले खुशी ब्यक्त गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here