spot_img
Saturday, September 21, 2024
Homeबजारपिस फुल स्पाले मनायो आफ्नो बर्ष गाँठ

पिस फुल स्पाले मनायो आफ्नो बर्ष गाँठ

spot_img

बाँके नेपालगंजमा संचालनमा रहेको पिस फुल स्पाले आफ्नो बर्ष गाँठ मनाएको छ । लामो समय देखि काठमाडौको ज्ञानेश्वरमा संचालनमा रहेको स्पाले काठमाडौ बाहिर सेवा दिन थालेको आफ्नो एक वर्ष पुरा भएकोमा शनिबार आफ्नो एक वर्ष पुरा गरेको अवसरमा बार्षिक उत्सव मनाएको हो ।आफ्नो क्षेत्रमा सेवा दिने तयारीका साथ बाँकेका स्थानीयले संचालनमा ल्याएको पिसफुल स्पाले वर्ष दिन विताउँदै गर्दा अनुभव कमी र स्पाको ज्ञानमा कमीमा भएकाहरुले संचालन गर्दा समस्या पर्न थालेको संचालक बताउँछन । स्पा संचालकका अनुसार स्पा लिदाँ मानसिक तथा शारीरिक थकानको समस्यालाई विभिन्न उपचारका विधिबाट समाधान गर्ने गरीने भएता पनि स्पाको विज्ञतामा कमी भएकाहरुबाट समेत स्पा संचालनमा आउँदा समस्याहरु देखा पर्न थालेको समेत बताए । स्पालाई मात्रै पैसा कमाउने व्यवसायको रुपमा लिदाँ यसलाई सबैले औला ठडाउने गरेको स्पा संचालक रेश्मा थारु बताउँछिन । संचालक थारु भन्छिन,हामीले उपचार गर्ने हो ,यो व्यवसायी एउटा नर्स तथा डाक्टरले गर्ने जस्तै पेशा हो तर यहाँ कसरी उपचार गरीन्छ भन्ने कुरा नै कसैलाई थाहा छैन,अनि आफ्नो मनका लागेको अनुसार परिभाषीत गर्ने गर्दछन ।यसैगरी नेपालगंजको घरबारी टोलमा रहेको पशुपति व्युटीपार्लर संचालन गर्दै आएकी मिना रानाले समेत स्पाको बारेमा बुझेको केही वर्ष मात्रै भएको बताउँछिन । राना भन्छिन,‘मलाई त स्पा भनेको केही थाहा थिएन ,पछि बल्ल थाहा भयो आज भोली मेरो श्रीमानलाई समेत उपचारको लागि स्पामा पठाउने गरेकी छु ।’नेपालगंज उपमहानगरपालिका भित्र रहेको पिस फुल स्पा हुलाक कार्यालय र विद्युत कार्यालयको विचमा अवस्थित रहेको छ ।
नेपालगंजमा करिब २६ बढि स्पाहरु संचालनमा रहेको छन । खासमा स्पाको बारेमा धेरैको जानकारी नै गलत रहेको स्पा संचालकहरु बताउँछन भने केही स्पा संचालनहरुले हचुवाको भरमा संचालन गर्दा यो व्यवसाय बदनाम हुदै आएको स्वयः स्पा संचालकहरुको दावी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here