spot_img
Thursday, September 19, 2024
Homeब्यानरपानीको निकास नहुदाँ दर्जनौ घरहरु डुवानमा

पानीको निकास नहुदाँ दर्जनौ घरहरु डुवानमा

spot_img


बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा न २० राझा गाउँका दर्जनौ घरहरु केही दिनको वर्षा हुदाँ डुवानमा परेका छन । स्थानिय एकदुई जना व्यक्तिहरुले चलन चल्तीमा रहेको बाटोलाई आफ्नो हो भन्दै पानीको निकास भएको बाटोमा नै पर्खाल निर्माण गरी पानि पास हुने ठाउँ बन्द गरीदा घरहरु डुवानमा परेका हुन ।बाँकेमा केही दिनको वर्षातले गर्दा नेपालगंज उपमहानगरपालिका वडा न २० राझा गाउँका केही घरहरु भत्तिए भने अन्य घरहरुमा पानी पसेर समस्या नै बनायो । विगत लामो समय देखि भोगचलन गर्दा आएको बाटोमा निजीकरणको मोहर लागेपछि पानीले निकास नपाउदाँ गाउँमा रहेको २५ बढि घरहरुमा पानी पसेको स्थानियहरु बताउँछन । आफुहरुले विगत लामो समय देखि भोगचलन गदै आएको बाटोमा स्थानिय एक दुई जनाले बाटो आफ्नो जग्गामा परेको भन्दै पर्खाल लगाएपछि पानीले निकास नपाउदाँ आफुहरुको घरमा पानी पसेको स्थानिय बलराम कुर्मी बताउछन ।यसैगरी डुवानले गर्दा अर्का अलि हसन बेहनाले आफ्नो घर भत्कीएको देखाउदै भने,“अव कहाँ बस्ने र के खाने,”
सोही स्थानमा आफुहरु लामो समय देखि बस्दै आएको र अहिले पर्खाल बनाइएको ठाउँबाटै हिड्डुल गर्दै आएको हुदाँ स्थानिय अथवा कुनै पनि निकायले गाउँमा मानिसहरुको बासको व्यवस्थाको लागि सहयोग गर्नु पर्ने अर्का स्थानिय जोगेन्द्र प्रसाद यादव बताउनु हुन्छ । त्यस्तै स्थानिय मिथिलेस कुमारी ठठेरले पर्खाल बनाउँदा सर्जिमिन आफुहरुलाई थाहा नदिकनै गरेको आक्रोस पोख्नु भयो ।स्थानिय अगुवाका रुपमा रहेका स्थानिय राजन राना मगरले कसैलाई पनि गाउँ नै डुवान हुने गरी काम गर्ने अधिकार नभएको बताउँनु भयो ।उहाँले भन्नु भयो,“वर्षात अझै सुरु भएको छैन ,अहिले नै यहाँका घरहरु डुवानका परेको छन ,पैसाको भरमा बाटो छेक्दै पानीको निकास बन्द गरी गाउँ डुवाउने अधिकार कसैलाई पनि छैन ।”बाटो तथा पानीको निकासको बारेमा हामीले जिल्ला प्रशासन कार्यालयमा बुझ्दा जिल्ला प्रशासन प्रमुख शिवराम गेलालले राझा गाउँका बस्तीमा पानी पस्नु हुदैन र समस्याको समाधान छिटै हुनु पर्दछ ।यसरी कुनै व्यक्तिको इच्छालाई पुर्ति गर्नका लागि गाउँ नै डुवानमा पार्न नहुने देखिन्छ यस तर्फ सम्वन्धी निकायले तत्काल समाधानको बाटो निकाल्न जरुरी देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here