नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगंजमा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति गम्भिर आपत्ति जनाएको छ । महासंघले जारी गरेका प्रेस विज्ञप्तिमा उद्योग वाणिज्य संघले पत्रकारहरुको पेशागत सम्मान र स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिैदै ध्यानाकर्षणा गराएको हो ।नेपालजन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सव २०८१ मा पत्रकारहरुको सहज प्रवेश ,पहुँच र समाचार संकलनमैत्री वातावरण निर्माणका लागि महासंघले चासो व्यक्ति गरेको थियो ।महासंघले वाणिज्य संघलाई यस्ता घटनाहरु रोक्नका लागि तत्काल कदम चाल्न अनुरोध गर्दै पत्रकारहरुको पेशागत कर्तव्य निर्वाह गर्ने स्वतन्त्रता सुनिश्चित गर्न आग्रह विज्ञप्ति मार्फत आग्रह गरेको छ । यसैगरी अन्य पत्रकार सम्बन्धि पेशागत संगठन प्रेस युनियन,प्रेस चौतारी तथा प्रेस संगठनले समेत पत्रकार माथि भएको अवाञ्छित व्यवहारका विरोधमा प्रेस विज्ञप्ती जारी गरी खेद प्रकट गरेका छन ।
यता नेपालगंज उद्योग वाणिज्य संघले पत्रकार माथि भएको व्यवहार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।