spot_img
Saturday, September 21, 2024
Homeब्यानरपत्रकार महिलासँग अन्तरक्रिया तथा दर कार्यक्रम

पत्रकार महिलासँग अन्तरक्रिया तथा दर कार्यक्रम

spot_img

बाँकेमा क्रियाशिल पत्रकार महिलासँग अन्तरक्रिया तथा दर कार्यक्रम गरिएको छ । सञ्चारिका समुह बाँकेले जिल्लाका पत्रकार महिलासँग वन तथा वातावरण संरक्षणका विषयमा महिला पत्रकारसँग अन्तरक्रियासहित उक्त कार्यक्रम गरेको हो ।
समुहका अध्यक्ष रुपनी जिएमको सभापतित्व एवम् जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत ज्योती घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । सो क्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, समुहका पुर्वअध्यक्ष अछरी पोखरेल, प्रेस चौतारी बाँकेका उपाध्यक्ष रेजिना मल्ल लगायतले बोलेका थिए । सो क्रममा बोल्ने बक्ताले वन तथा वातावरण संरक्षणमा पत्रकार महिलाको भूमिका र हरितालिका तीज पर्वको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए ।
सहायक वन अधिकृत घिमिरेले महिलाले नेतृत्व गरेका कार्यालय कमै मात्रामा रहेको बताइन् । आफुु बाँकेमा आएको चार वर्ष भएपनि यो अवधीमा कुनैपनि महिला पत्रकारहरुसँग आफ्नो परिचय सम्म नभएको बताइन् । वन र वातावरण संरक्षण सम्बन्धी विषयमा कलम चलाउने विषयमा सक्रियता बढाउन उनले महिला पत्रकारलाई आग्रह पनि गरिन् ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष ओलीले वन तथा वातावरण संरक्षणका क्षेत्रमा कलम चलाउन सबैलाई आग्रह गरे । यस विषयमा कलम चलाउने पत्रकारले मान सम्मान समेत पाउने उनको भनाई थियो । सञ्चारिका समुहले पत्रकार महिलालाई एकै ठाउँमा जम्मा गरेर आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा आफु खुसी भएको धारणा राखे । उक्त कार्यक्रम सञ्चालन सञ्चारिका समुहकी सचिव पवित्रा परियारले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here