spot_img
Friday, December 5, 2025
Homeबजारपत्रकार महासंघ बाँके शाखाद्धारा भित्तेपात्रो विमोचन

पत्रकार महासंघ बाँके शाखाद्धारा भित्तेपात्रो विमोचन

spot_img

नेपाल पत्रकार महासंघ बाँके शाखाले नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा अवसरमा भित्तेपात्री विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।शाखाका अध्यक्ष नविन गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई रहेका थिए ।महासंघ बाँके शाखा अध्यक्ष गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच अवसरमा सोमबार शुभकामना आदानप्रदान गरिएको हो
कार्यक्रममा प्रमुख अतिथि चौलागाईले अहिले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गम्भीर चुनौती बनेको बताए । पत्रकाहरुले पनि आफ्नो पेशागत मर्यादालाई ख्याल गर्नुपर्ने देखिएको भन्दै उनले पत्रकारहरूलाई निष्पक्ष, निर्भिक र स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न राज्यसँग आग्रह गरे । शाखा अध्यक्ष गिरीले प्रेस स्वतन्त्रता र सुरक्षाको बिषयमा महासंघ गम्भीर रहेको बताए । उनले पत्रकारहरु पनि आफ्नो कर्मप्रति इमान्दार रहन आवश्यक रहेको बताए । पत्रकारहरुले स्वयम् आफ्नो र महासंघको गरिमा बढाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ । गिरीले छिट्टै महासंघको वेबसाइट पनि सार्वजनिक हुने जानकारी दिए ।


कार्यक्रममा महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विष्णु बेलबासे, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस सेन्टरका उपाध्यक्ष केपी घिमिरे, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अग्रज महिला पत्रकार अछरी पोखरेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । महासंघ बाँके उपाध्यक्ष एवम् क्यालेण्डर प्रकाशन समिति संयोजक करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव रविन्द्र सिंह ठकुरीले गरेका थिए ।
महासंघले क्यालेण्डर प्रकाशन गर्न उपाध्यक्ष शाहको संयोजकत्वमा सचिव कृष्ण ओली, कोषाध्यक्ष सुनिल रेग्मी तथा सदस्यहरु कृष्ण अधिकारी, पहल बहादुर केसी, आशा परियार र सलामत अली शेष रहेको सात सदस्यीय ‘भित्ते–पात्रो प्रकाशन समिति’ गठन गरेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here