spot_img
Tuesday, February 18, 2025
Homeबजारपत्रकार महासंघ बाँकेको सद्धाव बनभोज कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बाँकेको सद्धाव बनभोज कार्यक्रम सम्पन्न

spot_img

नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकार सद्भाव वनभोज (पिकनिक) कार्यक्रम’ गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासंगको सहकार्यमा डुडुवा-५ नानापुरस्थित सिद्धिविनायक लायन्स पार्कमा शनिवार वनभोज कार्यक्रम गरिएको हो । लामो समयदेखि निरन्तरता पाउन नसकेको पिकनिक संस्कृतिलाई नयाँ कार्यसमितिले यस बर्षदेखि फेरि सुरुवात गरेको छ ।

शाखाका सदस्य एवम् क्रियाशील पत्रकारहरुको उल्लेख्य उपस्थितिमा आयोजित वनभोज कार्यक्रममा प्रमुख अतिथिका रुपमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले महासंघको नेपालगञ्ज(४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालय भवनको माथिल्लो तलामा सेमिनार हल बनाइदिने घोषणा गरेका छन् । उनले स्थानीय सरकारका नाताले पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बाँके शाखालाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

चौधरीले स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रबद्र्धनका लागि महासंघ बाँके शाखाले डुडुवा गाउँपालिका क्षेत्रलाई रोजेको भन्दै खुसी ब्यक्त गरे । उनले पर्यटन प्रबद्र्धन तथा ब्यवस्थापनका लागि पालिकाले विशेष योजनाका साथ काम गरिरहेको बताए । उनले त्यसक्रममा डुडुवा गाउँपालिकाले सम्पादन गरेका महत्वपूर्ण कामहरुको बारेमा समेत पत्रकारहरुलाई जानकारी गराएका थिए । जनताको घरदैलोमै सेवा दिइरहेको डुडुवा गाउँपालिकाले २०७९ मंसिर १ गतेदेखि पशुपालक किसानलाई घर-घरमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य कार्ड लागू गरेको जनाएको छ । पशु विरामी भए पशु स्वास्थ्यकर्मी घर-घरमा पुग्छन् ।

चौधरीले २०७४ फागुन १ गतेदेखि पशु नश्ल सुधार कार्यक्रम लागू गरेर हालसम्म ९ हजार पाडापाडी र बाच्छाबाच्छी जन्मिइसकेको बताए । उनले आफ्नो पहिलो कार्यकालको सुरुवातमै यो कार्यक्रम लागू गरेका थिए । उनको यो दोस्रो कार्यकाल हो । यस्तै २०७६ साउन १ गतदेखि कन्या शिक्षा मुद्दती योजना लागू छ । यसमा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिन्छ । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ । त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चोधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको छ । उनले विद्यार्थीहरुमा सदाचार विकास गर्न नैतिक शिक्षा पनि पढाउन थालिएको जानकारी दिए ।

अध्यक्ष चौधरीले डुडुवाको हिरमिनिया आलुको पकेट क्षेत्र भएकाले भण्डारणका लागि ७ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर पनि सञ्चालनमा आइसकेको बताए । जनतालाई कसरी प्रत्यक्षरुपमा धेरै भन्दा धेरै सेवा दिन सकिन्छ भनेर आफू निरन्तर लागिपरेको अध्यक्ष चौधरीको भनाई छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाले राम्रो अभ्यासको सुरुवात गरेको बताउँदै सहकार्यका लागि डुडुवा गाउँपालिकालाई धन्यवाद दिए । अन्य मोडेलमा महासंघसंग सहकार्यका लागि पनि उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले स्थानीय पर्यटकीय स्थलहरुको प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भनेर डुडुवा(५ नानापुरस्थित पार्कमा ‘पत्रकार सद्भाव वनभोज कार्यक्रम’ आयोजना गरिएको बताए । उनले पर्यटन प्रबद्र्धनमा मिडियाले भूमिका खेल्ने बताउँदै स्थानीय सरकारले पर्यटकीय स्थलहरुको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताए । गिरीले जिल्लाका स्थानीय सरकारहरुसंग सहकार्य गरेर आगामी दिनमा विभिन्न तालिम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराए । उनले निरन्तररुपमा विभिन्न कार्यक्रम र क्रियाकलाप सञ्चालन गरेर संस्थालाई क्रियाशील बनाइने बताए ।

सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष एवम कार्यक्रम संयोगक करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । त्यसक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसंगै नाचगान समेत गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520