spot_img
Sunday, January 19, 2025
Homeबजारपत्रकार महासंघको निर्णय ः सञ्चार नीति बनाएर कार्यान्वयनमा ल्याउन आग्रह

पत्रकार महासंघको निर्णय ः सञ्चार नीति बनाएर कार्यान्वयनमा ल्याउन आग्रह

spot_img

बाँकेमा रहेका स्थानीय सरकारलाई तत्काल सञ्चार नीति बनाएर कार्यान्वयनमा ल्याउन पत्रकार महासंघले आग्रह गरेको छ । महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा हालै बसेको बैठकले सञ्चार नीति बनाएर सञ्चार सम्बन्धि नीति र कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो । यसका लागि समन्वय, सहकार्य र सहजीकरण गर्न तयार र प्रतिबद्ध रहेको महासंघले विज्ञप्तीमार्फत जनाएको छ ।

यस्तै बैठकले महासंघ बाँके शाखाको कार्यालय रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ सञ्चारग्राम ९बसपार्क० मा जग्गा संरक्षण गर्नका लागि सम्बन्धित सरोकारवालासँग सार्थक संवाद र सहजीकरण गर्ने गरी शाखा अध्यक्ष गिरीको संयोजकत्वमा सम्पूर्ण पूर्वअध्यक्ष तथा आस्थागत संगठनका अध्यक्ष सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय पनि गरेको जनाइएको छ ।

महासंघ बाँके शाखा कार्यालयमा रहेका ५ वटा सटर भाडामा रहेको र ती सटर आम्दानीको मुख्य स्रोत भएकाले त्यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि कोषाध्यक्ष सुनिल रेग्मीको संयोजकत्वमा कार्यसमिति सदस्यद्वय रविन्द्र घिमिरे र पहलबहादुर केसी सदस्य रहने गरी ३ सदस्यीय समिति बनाउने निर्णय भएको छ ।

यसैगरी महासंघको निर्णय प्रक्रियालाई छिटो–छरितो र सहज बनाउन कार्यसमितिका पदाधिकारी रहने गरी सचिवालय गठन गर्ने निर्णय पनि बैठकले गरेको सचिव कृष्ण ओलीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उक्त बैठकले यही माघ ८ गते मंगलबार ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जको समन्वय–सहकार्यमा ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष तिलक गाउँलेको संयोजकत्वमा सह–सचिव भगतराम थारू र कार्यसमिति सदस्य रजनी योगी सदस्य रहने गरी ३ सदस्यीय कार्यक्रम संयोजन समिति बनाउने निर्णय गरिएको छ । बैठकले माघ अन्तिम साता डुडुवा गाउँपालिकाको समन्वय–सहकार्यमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धनार्थ डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित सिद्धिविनायक लायन्स पार्कमा ‘पत्रकार सद्भाव वनभोज (पिकनिक)’ कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको सचिव ओलीले जानकारी दिएका छन् ।

वनभोज कार्यक्रम सफल बनाउन शाखा उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सह–सचिव रविन्द्र सिंह ठकुरी, कार्यसमिति सदस्य समिरमान श्रेष्ठ, धना बिष्ट केसी र निर्मला चौधरी सदस्य रहने गरी ५ सदस्यीय कार्यक्रम संयोजन समिति गठन गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.