spot_img
Sunday, September 22, 2024
Homeब्यानरपत्रकार जैसवालको उपचारमा बाँके प्रेस युनियन साखाद्धारा आर्थिक सहयोग

पत्रकार जैसवालको उपचारमा बाँके प्रेस युनियन साखाद्धारा आर्थिक सहयोग

spot_img

बाँके जिल्लामा रहेर मस्तिष्कघातको उपचार गराईरहेका पत्रकार उदयराज जैसवाललाई नेपाल प्रेस युनियन बाँके शाखाले जैसवालको उपचरर्थ आर्थिक सहयोग गरेको छ । जिल्लाको डुडुवा गाउँपाकिा वडा नम्बर ३ बनकट्टी स्थित जैसवालको घरमै पुगेर युनियन बाँके अध्यक्ष अर्जुन वली लगायतको कार्यसमितिले परिवारलाई चेक हस्तान्तरण गरिएको हो । युनियन अध्यक्ष ओलीले जैसवालको धर्मपत्नी रानी जैसवाललाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन । पत्रकार जैसवालको एक महिना अघि स्वास्थ्यमा अचानक समस्या देखिएको थियो ।सुरुका दिनमा स्थानिय गाउँकै मेडिकलबाट औषधि उपचार गराएका थिए भने पछि नेपालगंजमा उपचार गर्ने क्रममा स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि भारतको लखनउ स्थित क्रिसेन्ट अस्पतालमा जैसवालको उपचार भैरहेको छ । उनले डुडुवामा रहेको रेडियो सफल एफ.एम.मा कार्यरत हुनुहन्छ । चेक हस्तान्तरण गर्दै अध्यक्ष ओलीले आर्थिक अवस्था कमजोर भएका जैसवाललाई थोरै भएपनि राहत मिलोस् भनेर आर्थिक सहयोग गरिएको बताए ।“युनियनले पत्रकारलाई समस्या परेका बेला आर्थिक सहयोग गर्ने भन्ने उदेश्यले एनपियु पत्रकार कल्याण कोष स्थापना गरेको छ,यो कोषमा धेरै रकम छैन,तरपनि समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने कार्यको संस्थागत रुपमा सुरुवात गरेका छौ” ।

फोटोःपत्रकार हेमन्त चौधरी,लखनउ स्थित क्रिसेन्ट आस्पतालमा उपचारर्थ पत्रकार उदयराज जैसवाल

कुनै घटना,दुर्घटनामा घाइते भएर वा जटिल खालका रोग लागेर औषधी उपचार गराउन समस्यमा परेका पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकरी कार्यका लागि युनियन बाँक शाखाले “एनपियु पत्रकार कल्याण कोष” स्थापना गरेको थियो । सो क्रममा पत्रकार जैसवालकी धर्मपत्नी रानी जैसवालले अप्ठ्यारो परेका बेलामा घरमै आएर आर्थिक सहयोग गरेकोमा प्रेस युनियन बाँके शाखा परिवारलाई धन्यवाद दिइन । पछिल्लो समय जैसवालको उपचारका लागि आर्थिक समस्या परेपछि जग्गा बेचेर उपचार गराई रहेका जानकारी परिवारले बताएको छ ।हाल सम्म पत्रकार जैसवालको उपचारमा करिव १२ लाख रकम रुपैया खर्च भइसेको परिवाले जानकारी दिएको छ । पत्रकार जैसवालको परिवारमा पत्नी सहित तीन छोरी,एक छोरा र आमा रहेका छन । बृद्ध अवस्थामा रहकी पत्रकार जैसवालको आमा पनि प्यारालाईसिस कारण विगत चार वर्षदेखी थला परेको अवस्था छ । चेक हस्तान्तरणका क्रममा युनियन बाँकेशाखाका अध्यक्ष ओली,सचिव विजय मल्ल,कोषाध्यक्ष मधु पौडेल,सदस्यद्धय कमल खत्री र दिपक राई समेतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here