spot_img
Sunday, September 8, 2024
Homeबजारपत्रकारलाई विपद रिपोर्टिङ तालिम

पत्रकारलाई विपद रिपोर्टिङ तालिम

spot_img


नेपालगन्जमा बाँकेका पत्रकारलाई विपद रिपोर्टिङ तालिम प्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा शहरी विपद तथा भुकम्पीय जोखिम न्युनिकरण परियोजनाको समन्वयमा सुरु दुई दिने तालिम सुरु भएको हो ।

उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विपदका बेला सही सूचना सम्प्रेषण गर्नु सबैको दायित्व रहेको बताए । उनले यसका लागि सरोकारवाला निकायहरु जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

मिडियाले निष्पक्ष भएर समाचार प्रकाशन तथा प्रशारण गर्नुपर्ने उनको भनाई छ । नेपालगन्जलाई विपदको हव घोषणा गरेर सोही अनुसार कार्यक्रम ल्याउन खोजिएको बताए । नेपालगन्ज उपमहानगरपालिका विपद व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंहले विपद जतिबेला पनि आउन सक्ने भएकाले सबै सचेत हुनुपर्ने र सहयोगी भावना सबैमा हुनुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झनाले विपदका बेला सबै जना सुरक्षित भएर काम गर्नुपर्ने भएकाले सूचना सही रुपमा प्रवाह गर्नुपर्ने बताए । उक्त तालिमको सहजीकरण राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी रञ्जना श्रेष्ठ, बिबिसी मिडिया एक्सनका किरण भण्डारी, मेघराज रसाइली र कामना प्रधानले गरेका छन् । तालिममा बाँकेमा क्रियाशिल करिव ३५ जना पत्रकार सहभागी छन् ।

तालिमले पत्रकारलाई विपदका समयमा कसरी आफू सुरक्षित भएर रिपोर्टिङ गर्ने र समुदायलाई पनि कसरी सुरक्षित गराउने भन्ने विषयमा सहयोग पुर्याउने आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here