spot_img
Sunday, September 22, 2024
Homeब्यानरन्यायका लागि अन्र्तराष्ट्रिय रोम बिधान अनुमोदन गर्नु पर्ने

न्यायका लागि अन्र्तराष्ट्रिय रोम बिधान अनुमोदन गर्नु पर्ने

spot_img

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसर पारेर बाँकेको नेपालगंजमा पनि एक अन्तरक्रिया कार्यक्रम गरीएको छ ।आइतबार बाँकेको नेपालगंजमा आयोजित पिडितको न्यायमा पुहँच अभिबृद्धिका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरीएको हो ।राष्ट्रिय मानवअधिकार आयोग नेपालगंजका प्रमुख झंकर बहादुर रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दण्डहिनताको अन्त्य ,कानुनी शासनको सवलीकरण र पिडितको न्यायको लागि नेपाल सरकारले अन्तराष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्नु पर्ने विषयमा जोड सहभागिहरुले दिएका थिए ।
उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासमा न्यायाधीश केशवराज जोशीले सरकारले पीडितको न्यायको लागी रोम बिधान अनुमोदन गर्ने बिश्वास प्रकट गर्दै न्यायालय निश्पक्ष राख्न अन्य सरोकारवाला निकायको आवश्यक सहयोग र समन्वय जरुरी रहेको बताए । न्यायाधीश जोशीले अदालत पंच बर्षिय रणनैतिक योजना अन्तरगत न्याय सम्पादनको कार्य भैरहेको, गरिव र असक्षम पक्षका लागी अदालतमा बैतर्निक वकिलको ब्यवस्था गरिएको, बर्षमा ४/५ पटक न्यायमा बाह्य पहुँच कार्यक्रम संचालन गरिएको जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागिहरु दण्डहिनताको अन्त्य, कानूनी शासनको सवलीकरण र पीडितको न्यायको सुनिश्चितताका लागी नेपाल सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम बिधान अनुमोदन गर्नु पर्नेमा जोड दिएका थिए । यसै गरि कार्यक्रमका सहभागिले पीडितको न्यायमा पहुँच अभिबृद्धिका सबै सरोकारवाला निकाय आ आफ्नो स्थानबाट लाग्नु पर्नेमा जोडका थिए । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश केशवराज जोशीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, नेपालगंज उच्च सरकारी वकिल कार्यालयका प्रमुख कृष्णराज पन्त, जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, न्यायका लागी द्धन्द्ध पीडित समाज बाँके अध्यक्ष चन्द्रकला उप्रेती, नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्षद्धय सुनिल कुमार श्रेष्ठ र प्रह्लाद बहादुर कार्की, बाँके जिल्ला बारका अध्यक्ष जनक बहादुर शाही, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, द्धन्द्ध पीडित सिमा चौधरी, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले जनाकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here