spot_img
Friday, October 18, 2024
Homeबजारन्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, भेरीमा २८

न्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, भेरीमा २८

spot_img

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पताल र अन्तर्गतका सरकारी अस्पतालहरुमा स्तानकोत्तर तह (पिजी) मा मेडिकल तर्फ एमडीरएमएस र नर्सिङ तर्फ पिजी र ब्याचलर तहमा विद्यार्थी सिट संख्या थप गर्ने निर्णय गरेको छ।
न्याम्सको सिनेट बैढकले पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि विद्यार्थी सिट बढाउनका लागि त्यही अनुसारको आवश्यक फ्याकल्टी (शिक्षक) दरबन्दी स्वीकृत गरेको छ।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औं सिनेट बैठकले यस्तो निर्णय गरेको हो। मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरुमा पोस्ट ग्रयाजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए।
बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए।
यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सय सम्म पोष्ट ग्रयाजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।
‘सरकारी कलेजमा पोस्ट ग्रयाजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलो संख्यामा विद्यार्थी थप गराउन सघाउनेछ,’ उनले भने, ुयसका साथै सरकारलाई धेरै संख्यामा गाउँमा विज्ञ चिकित्सक पठाउने पनि यसले मद्दत गर्छ।ु

डा बस्नेतले न्याम्स अन्तर्गत देशका विभिन्न अस्पतालमा पिजी र नर्सिङ कार्यक्रम विस्तार हुँदा ती अस्पतालहरुमा विज्ञ जनशक्तिसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुँदै स्वास्थ्य क्षेत्र सुधारमा पनि यो निर्णयले ठूलो योगदान गर्ने बताए।

सिनेट बैठकले पिजी तर्फ एमडी एमएसका लागि वीर अस्पतालसहित काठमाडौं उपत्यकामा निजामती कर्मचारी अस्पताल, अर्थोपेडिक्स अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र काठमाडौं बाहिर मेची आँखा अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र गेटा आँखा अस्पतालमा अध्यापन सुरु हुने छ।

यस्तै नर्सिङ तर्फ स्नातक र स्नातकोत्तर तहमा कान्ति बाल अस्पताल, परोपकार अस्पताल, निजामती अस्पताल, अर्थोपेडिक र सशस्त्र प्रहरी अस्पतालमा अध्यापन हुने छ।

अहिले प्रतिष्ठानमार्फत शैक्षिक आवद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरुमा एक सय १२ जना विद्यार्थी वार्षिक रुपमा पोस्ट ग्रयाजुएट अध्ययन गरिरहेका छन्। शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

बैठकले प्रतिष्ठानले एमबीबीएस अध्ययन थाल्ने समेत निर्णय गरेको छ। प्रतिष्ठान अन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिंग क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्नसमेत यस निर्णयले बाटो खुला भएको उपकुलपति बस्नेतले जानकारी दिए।

डा. बस्नेतका अनुसार विद्यार्थी सिट थप्नका लागि वीरमा ६३ जना, निजामतीमा ५९, सशस्त्रमा २८, भेरीमा २८, कोशीमा २८ भन्दा बढी र नारायणीमा पनि २८ जना भन्दा बढी फ्याकल्टी थप गर्ने निर्णय भएको छ। यस्तै नर्सिङमा पनि १२५ जना भन्दा बढी फ्याकल्टी थप गर्ने गरी दरबन्दीको निर्णय भएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here